‘कान्छी’ले रुन बाध्य गरायो स्वेतालाई
बुधबार, माघ १०, २०७४

काठमाडौँ । श्वेता खड्काको बहुप्रतिक्षित नेपाली चलचित्र कान्छीको अफिसियल ट्रेलर सार्वजानिक भएको छ ।
चलचित्र कान्छी नायिका श्वेता खड्का, दयाहाड. राई , अनु शाह , कामेश्वर चौरसिया लगायतका कलाकाहरुको अभिनय रहेको छ ।
आकाश अधिकारीद्वारा निर्देशत कान्छीको प्रदर्शन फाल्गुन ४ गतेबाट देशभरीका हलहरुमा लाग्ने नायिका श्वेता खड्काले बताएकी छिन् ।
टेलर सार्वजनिक कार्यक्रममा श्रीकृष्ण श्रेष्ठलाई सम्झेर स्वेता निकै भ्क्कानिएकी थिईन
उनलाई पत्रकारले नायक श्रेष्ठलाई किन नसम्झेको भनेर प्रश्न गर्दा नायिका खड्काले भनिन् ‘मैले कहिले उहाँलाई बिर्सेको छु र ? सम्झेको छैन भन्नु ?’
आफ्नो सासु आमाको ११ औ दिनको काम छोडेर ट्रेलर सार्वजनिक कर्यक्रममा श्वेताले श्रीकृष्णलाई सम्झेर भक्कानिदा कार्यक्रमनै स्तब्ध हुन पुगेको थियो । आकाश अधिकारीको निर्देशन रहेको चलचित्रको ट्रेलर हरेक उमेर समूहका दर्शकलाई लक्षित गरिएको छ ।
हेर्नुहोस्, सो टेलर सार्वजनिक कार्यक्रमको भिडियो :
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments