नायिका वर्षासँग डेटिङ जाने मन छः गायक कमल बीसी

मङ्लबार, बैशाख १८, २०७५

loading...


नेपाली लोकसङ्गीत क्षेत्रमा कमल बीसी नाम नौलो होईन । बर्दियामा जन्मिएका उनी कुशल लोकगायक हुन् । सानै उमेरदेखि गायनमा दख्खल राख्ने उनी पछिल्लो समय निकै चर्चित छन् । उनले लोकगीतमा पनि आधुनिकता भित्र्याएका छन् । गायक बीसीसँग नेपालपाटी डटकमले गरेको कुराकानीः

लोकसङगीत क्षेत्रमा लाग्ने प्रेरणा कहाँबाट पाउनुभयो ?
सानैदेखि आफैँ गाउन मन लाग्ने भएकाले खास प्रेरणाको स्रोत त आफु नै हो तर पछि बाबाममी, दाजुभाई, साथीहरुले पनि तिमी यो क्षेत्रमा राम्रो गर्न सक्छौ अगाडि बढ् हामी सहयोग गर्छाै भनेपछि हौसला मिल्यो । उहाँहरु सबैको प्रेरणाले गर्दा नै आज म यो स्थानमा छु । यस्तै म राजु परिवार दाईको डाई हर्ट फयान हो, उहाँबाट पनि म प्रभावित छु । यस्तै अग्रज लोकगायक दाईहरु पशुपति शर्मा,बद्री्र पंगेनी पनि मन पर्नै कलाकारमा पर्नुहुन्छ ।

नामको पछाडि टाईटल “माल्दाई” राख्नुभएको छ यसको अर्थ के हो ?
“माल्दाई” मेरो निक नेम हो । तर मैले यसलाई निक नेम बनाएको छैन् । यो नामको पछाडि जोडिएर आउँछ । टिनएजमा गजल लेख्ने लहर चलेको बेलामा मैले राखेको नेम हो । जस्तो कसैले घायल, पागल, प्रेमी, कसैले टुटेको मनजस्तो राखेको बेलामा मैले टिपीकल नेम राखेको हुँ । बर्दिया क्षेत्रमा मलाई सबैले माल्दाई भनेर बोलाउनुहुन्थ्यो यहाँसम्म की मलाई बुबाममीले पनि माल्दाई भनेर बोलाउनुहुन्थ्यो । एसएलसी दिने बेलासम्म मैले धेरै गजल लेख्थे । अर्को कुरा म परिवारको माईलो सदस्य भएकाले पनि मैले यो नाम राखेको हुँ ।

तपाईको औपचारिक शिक्षा कति हो ?
म अहिले आरआर क्याम्पसबाट मास्टर्समा सोसयोलोजीमा पढ्दैछु ।

पहिलोपटक निकाल्नुभएको गीत कुन हो ,अहिलेसम्म कतिवटा गीत बाहिर ल्याउनुभयो ?
पहिलो गीत “जसरी नी म तिम्रो हुन्छु नभन” यस्तै दोस्रो गीत “भगवानलाई झुक्ने गराउछु” हो र हालसम्ममा मैले ५०–६० वटा गीत ल्याइसकेको छु ।

तपाईको म्युजिक कम्पनी पनि छ ?
हो मेरो आफनै बागेश्वरी म्युजिक कम्पनी छ ।

तपाईलाई सवैभन्दा मन पर्ने आफ्नै गीत कुन हो ?
पहिलो गीत मैले टीका पुन दीदीसँग गाएको थिए । दोस्रो गीत भगवानलाई झुक्ने गराउँछु जुन गीतको अडियो पश्चिममा एकदमै चल्यो । जसले मलाई काठमाडौँसम्म ल्यायो । यो गीतको भिडियो गर्न पाएको थिइनँ । कलेज पढ्दै गरेको विद्यार्थी सँग आर्थिक अभावका कारण दुई वर्षपछि “पाच एकाने पाँच”, काकरीको झयालैमा लौका फलेको राधीका हमालसँग गाएको थिए । यस्तै हल्का दारी पालेको, झुम्का लाउली विशालबजारको जस्ता धेरै गीतहरू मैले गाए । साथै तीज, दशैँ, तिहार, भुकम्पको गीत पनि गाएको छु । र मैले यसपाली गर्लफे्रन्ड छैन गीत गाएको छु ।

गर्लफ्रेन्ड छैन भनेर आफ्नै पीडा गीतमा उतार्नुभएको हो कि ?
पछिल्लो समय मैले गाएको गर्लफ्रेन्ड छैनले राम्रो मार्केट लिइरहेको छ । जुन गी म आफैँले लेखेको, गाएको हुँ । र मोडलिङ पनि आफैँले गरेको छु । गीतले ह्यान्डसम छु तर गर्लफ्रेन्ड छैन भनेको छ । तर, मेरो यो बेला गर्लफ्रेन्ड बनाउने होइन, कामलाई प्राथमिकता दिनुपर्नेछ । हुन त गर्लफ्रेन्ड हुनेबितीकै ह्याप्पर हुन्छ भन्ने पनि हैन् ।

कस्तो केटी पाए गर्लफ्रेन्ड बनाउथे भन्ने लाग्छ ?
यसबारे केटीले जे सोच्छ केटाले पनि त्यही सोच्छ । मलाई बुझने, मेरो कलाकारितालाई पनि बुझ्ने हुनुपर्छ । म गीत गाउँने मान्छे हुँ आज यहाँ छु भोलि नेपालगञ्ज हुन्छु, पर्सी पोखरा हुन सक्छु । सधैँ केटीको पछाडि लागेर हिड्छ, नराम्रो काम गरेर हिड्छ नभन्ने पाए अवश्य गर्लफ्रेन्ड बनाउँछु ।

यदि डेटिङको अफर आयो भने कुन नायिका छान्नुहुन्छ ?
बर्षा राउतसँग जान चाहान्छु ।

पफमेन्सको लागी विभीन्न ठाउँमा जानुहुन्छ पेमेन्ट कस्तो हुन्छ यो क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ ?
एकदमै व्यापक नभइसकेको र गीत सङगीतको क्षेत्रमा स्ट्रगल गरिरहेको सन्दर्भमा हामीले अहिले एउटा प्रोग्राममा जाँदा कोठाभाडा तिर्नेदेखि टिपटप पर्नसम्म पुग्छ । कतिपय सामान्य कार्यक्रम हुन्छ, त्यहाँ गएर सपोर्ट पनि गर्नुपर्ने हुन्छ । मेला महोत्सव र कजेजको वार्षिकउत्सवमा राम्रो कमाई हुन्छ ।

नेपालमा कति ठाउँमा पफमेन्सको लागि जानुभएको छ ?
बर्दिया, बुटवल, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, कोहलपुर, धनगढी, दैलेख लगायत धेरै ठाउँमा गएको छु ।

लुक्स पनि राम्रो छ, कुनै म्युजिक भिडियोमा अफर आए मोडलिङ गर्नुहुन्छ ?
मोडलिङ गर्ने त्यति ठूलो इच्छा छैन । अहिलेको गर्लफ्रेण्ड छैनमा म आफैँले मोडलिङ गरेको छु । भिडियोमा जो देखियो, उसैले गीत गाएको हो भन्ने बेला छ । जति क्यामरामा देखियो त्यति हिट हुने जमाना छ । त्यसैले म डान्स पनि सिक्दैछु ।

भनेपछि आफ्नो गीतमा आफैँ मोडलिङ गर्नुहुन्छ ?
आफ्नो गीतमा म आफैँ गर्छु । अन्य गीतमा पनि फिट भइयो भने गर्छु ।

गर्लफेन्ड छैन् पछि पनि अर्को गीत रेकर्ड गर्नुभएको छ ?
हो, मैले एउटा झयाउरे गीत रेकर्ड गराएको छु । “मेरो माया कता छ कुन्नी ईशाराले बोलाउँदा नसुन्नी ”बोलको गीत छ । करिव १० दिनपछि यो गीत बजारमा आउँछ । वरिपरी तरुनी बोलको आइटम गीत पनि छिट्टै मार्केटमा आउँदैछ । यो गीतमा म आफैँ मोडलिङ गर्दैछु ।

र, अन्त्यमा आम सङगीतप्रेमीलाई के भन्न चाहनुहुन्छ ?
अहिलेको जमानामा आधुनीक गीत, पप, हिन्दी सबै गाउन जान्नुपर्छ भन्ने मेरो धारण हो । आजभन्दा १० वर्षअघि पार्टीमा हामी हिन्दी गीतमा नाच्थ्यौँ । तर आज नेपाली गीतमा नाच्ने अवस्था बनेको छ । जुनसुकै कार्यक्रम पनि चलेका फिल्मका गीत र लोकदोहोरी गीतमा नाच्ने गरिन्छ । लोकसंगित क्षेत्र माथि पुगेको छ । नेपालीहरूले नेपाली गीतसंगित सुन्नुपर्छ र नेपाली फिल्म हेर्नुपर्छ भन्ने मेरो मान्यता छ । नेपाली दर्शक श्रोतहरुलाई धन्यवाद भन्न चाहान्छु ।

गायक कमल बीसीको गीत हेर्नुस

867 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank