कहिँ कतैको गीत रिलीज (भिडियो सहित)

बिहिबार, बैशाख १३, २०७५

loading...


काठमाण्डौ। श्रावण २५ गते रिलीज हुने नेपाली चलचित्र कहिँ कतैको गीत सार्वजनिक गरिएको छ । यसअघि नै भारतमा रिलीजको लागी यूट्यूबमा रिलीज भईसकेको गीत झ्वाँईय झानु बोलको गीत औपचारिक रुपमा बिहिवार सार्वजनिक गरिएको हो ।

सचिन सिंहको संगीत रहेको गीतमा सचिन र श्रृजना सिलालको स्वर रहेको छ भने गौरव अर्पणका शब्द रहेका छन् । यो गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । चलचित्रका अन्य गीतमा कमल राईको कोरियोग्राफी रहेको छ ।

बिहिबार आयोजना गरिएको कार्यक्रममा चलचित्रका प्रमूख कलाकारहरु शिवानी गिरी र सोनम बरफुङ्गपाको उपस्थिती थियो । यि दुवै कलाकार यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । सिक्कीम स्थायि घर भएकी नव(नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।

यो चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा बेबी गिरीको पनि प्रमूख अभिनय रहेको छ । चलचित्रलाई शबिर श्रेष्ठले लेखन(निर्देशन गरेका हुन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशक रोशन श्रेष्ठको रहेको छ ।

169 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank