‘हिरोज को यो प्रित ’मा करिश्मा र मुकेशको रोमान्स

सोमवार, चैत्र ५, २०७४

loading...


काठमाडौ । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्ममा समाबेश यो प्रित बोलको गीत सार्वजनीक भएको छ । चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सो गीतमा करिश्मा मानन्धर र मुकेश ढकाललाई ‘फिचर’ गरिएको छ ।

प्रल्हाद तिमिल्सिना र प्रबिशा अधिकारीले गाएको गीत शंकर अधिकारी घायलले लेखेका हुन् । बिकास चौधरीले संगीत गरेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् ।

गीतमा करिश्मा र मुकेशबीचको प्रेमभाव झल्काइएको छ । एनबि महर्जनको निर्देशनमा बनेको फिल्मका सार्वजनीक टे«लर र गीत अहिले चर्चामा छन् । एक्शन लभस्टोरी फिल्ममा बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ । फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्मको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन् । नयाँ बर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागीएको फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णीमा बताउने गर्दछिन ।

279 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank