यसकारण चर्चाबाट हराईन ‘हट एण्ड सेक्सी मोडल’ ज्योती थापा मगर

मङ्लबार, मंसिर २८, २०७३

loading...


कुनै बेला नेपालका अनलाईनहरुमा ज्योती थापा मगरको समाचार नहाली मान्छेले अनलाईन नै हेर्दैनन भन्ने समेत बातावरण बनिसकेको थियो ।‘कि रेखाको चल्छ कि देखाको चल्छ’ भनेर सिधै भन्ने ज्योती थापा मगरलाई एउटा गायिकाको रुपमा भन्दा पनि ‘हट एण्ड सेक्सी’ मोडलको रुपमा मानिसहरुले चिनीरहेका थिए ।jyoti2
नेपालका नाम चलेका सेलिब्रेटीहरुलाई समेत पछार्दै उनी यति धेरै चर्चाको शिखरमा पुगेकी थिइन कि बच्चा बच्चाको मुखमा ज्योती मगरको नाम कन्ठै । चिनी पनि धेरै खाएपछि टर्रो हुन्छ भन्ने उखान यतिखेर ज्योती थापा मगरमा लागु भएको छ । केही बर्ष अनलाईन तथा सामाजिक सञ्जालमा चर्चामा रहन सफल भएकी गायिका ज्योती मगर यति खेर भने एकाएक हराएकी छिन् ।

अहिले एकाध अनलाईन बाहेक उनको समाचार खोजेर कमै हाल्छन अनलाईनहरुले । कुनै बेला उनी चर्चित थिइन । चाहे त्यो सकारात्मक होस वा नकारात्मक तर अहिले उनी गुमनाम बन्दै गइरहेको यथार्थ हो । केही समय अघिको कुरा गर्ने हो भने उनका अश्लिल खालका दृश्यहरुको आलोचना गर्ने एक भाग मानिस थिए  तर  तीन भागले उनका ती दृश्य खोजी खोजी हेर्दथे । त्यसैले होला रंगमञ्चमा उनी ‘हटकेक’ बन्न सफल भएकी थिइन् ।

अनलाईनवालाहरुको त झनै पहिलो रोजाइ बनेकी थिइन ज्योती । उनीहरु भन्ने गर्दथे ‘कि सनी लियोनीको न्यूज पढ्छन कि ज्योती मगरको ।’ तर यतिधेरै चर्चामा रहेकी ज्योती मगर यतिखेर भने एकाएक मिडियाबाट ओझेल भएकी छिन् । हुनत कुनै पनि कुराको एउटा समय र हद हुन्छ । पोहर साल उनको ‘ढाडे बिरालो’ भन्ने गीतले बजार पिटेको थियो भने यसपालीको तीजमा

jyoti3

‘रक्सी नि ह्वीस्की नि खाइन्छ’ भन्ने गीतले त्यति बजार लिन सकेन ।

ज्योती मगरले अभिनय गरका हरेक म्यूजिक भिडियोहरु अत्याधिक हेरिन्थे । अरुको म्यूजिक भिडियो त्यति हेरिन्नथ्यो जति उनको म्यूजिक भिडियोको सुटिङ रिपोर्ट मात्र हेरिन्थ्यो । गीतका दृश्य र अन्तवार्तामा बोले

कै शव्दका कारण बेलाबेलामा विवादमा समेत परेकी ज्योती मगरको दोहोरी गायक राम प्रसाद खनालसँग त ब्लु फिल्मको दोहोरी समेत पर्यो ।

jyoti5

ज्योती मगर यतिधेरै खुलेर अन्तवार्ता दिन्थीन कि कयौ पत्रकारहरु त ज्योती मगरको अगाडी प्रश्नै सोध्न लजाउने । अनि कयौले चाहि ज्योती मगरलाई सोध्ने प्रश्न नै सकियो, के सोध्ने रे ।यसरी चर्चाको शिखरमा रहेकी ज्योती मगर यतिखेर न त पहिला जति धेरै म्यूजिक भिडियोमा देखिन्छीन न स्टेज सोहरुमा नै । यसका बारेमा नेपालपाटीले उनलाई सोध्दा आफू व्यस्त नै रहेको बताईन तर, यथार्थमा भन्नु पर्दा न त बजारमा ज्योती मगरको क्रेज पहिला जस्तो अहिले छ न चर्चा नै । जानफकारहरु भन्छन, अव ज्योती मगरको जमाना गयो । यी कुराहरु त आगामी दिनले पनि देखाउलान अहिलेलाई ज्योती मगर एक्कासी ओझेल पर्नुका कारणहरुका बारेमा जानौं ।

ज्योती मगर ओझेलमा पर्नुका ५ कारण
१. नेपाली समाजलाई नै अपाच्य हुने गरि नग्नता प्रदर्शन गर्नु , जसले आम नेपालीलाई दिक्क बनाएको हुन सक्छ ।
२. जहाँ पायो त्यहि (टेलिभिजनमा  अन्तवार्ता दिदा समेत) नांगेर देखाउन खोज्नु ।
३ उनी भन्दा पनि खुलेकी मोडल पोर्न स्टार बन्ने चाहनाका साथ यस क्षेत्रमा छिर्नु ।

४. देश विदेशमा भएका स्टेज सो लगायतका बिभिन्न कार्यक्रमहरुमा अल्कोहल सेवन गरेर बवाल मच्चाउनु ।
५. पछिल्लो समयमा मलेशियामा कलाकार दमन रुपाखेती, दुर्गेस थापा लगायतको टीमसँग बसेर रुममा  जथाभावी गरेको दृश्य बाहिर आउनु । जसले भाइरलको रुप लिएर उनीहरु सबैलाई बदनाम गराउनु ।
६. मिडियाहरुमा आफ्ना सबै कुरा खोल्नु, नेपाली समाजलाई अपाच्य हुने अभिव्यक्ति दिनु अनि आफूमा केही बाकी नराख्नु ।  जसका कारण दर्शक ज्योती मगरसँग अघाएको अनुमान गर्न सकिन्छ ।

कलाकार भनेका देशका गहना हुन । देशका गहनाले देश विदेशमा देशको शोभा बढाउनु पर्नेमा उल्टै रोडरोडमा नग्नता प्रदर्शन गर्दै गएपछि त्यसको परिणामा यस्तै नै हुन्छ । चर्चामा आउन हरेक हर्कत गर्न रुचाउने कलाकारहरुले गायिका ज्योती मगरको उदाहरण हेरे मात्र पुग्छ । किनकी राम्रो काम गर्नेहरुको चर्चा लामो समय टिक्छ ।अझ भनौ मृत्युपर्यन्त समेत स्मरणीइ हुन्छन् । बिभिन्न हर्कत गरेर र नग्नता प्रदर्श गरेर हुने चर्चा लामो समय टिक्दैन भन्ने कुरा सबै नेपाली कलाकारहरुले बुझ्नु जरुरी छ ।

3286 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank