विक्रम र ज्योतिको ‘उठ माया जुरुक्कै, नाच फुरुक्कै’ (भिडियोसहित)

शुक्रबार, साउन ४, २०७५

loading...


काठमाडौं । यतिवेला तीज गीत सार्वजनिक हुने क्रममा छन् । यसै मेसोमा विक्रम राना र ज्योति मगरको स्वरमा रहेको तीज गीत ‘उठ माया जुरुक्कै नाच फुरुक्कै…’ सार्वजनिक भएको छ ।

करन न्यौपानेको शब्द–सङ्गीत, बिपिन आचर्यको एरेन्जर रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । विक्रम राना र आरुषी मगरलाई फिचरिङ गरिएको गीतको भिडियो विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।

आधा दर्जनभन्दा भन्दा गीतमा मोडलिङ गरेका विक्रमको आफ्नै स्वरमा रहेको यो तीज गीत पहिलो हो । ‘यो तीज गीतसँगै अन्य गीतहरु पनि स्रोता÷दर्शकमाझ ल्याउने तयारीमा छु’, विक्रमले भने ।

306 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank