सुन साइलीपछि बजारमा ‘ज्यान साइली’को चर्चा (भिडियो सहित)

बुधबार, चैत्र ३०, २०७३

loading...


काठमाडौं । गायक तथा संगीतकार कृष्ण कटेलको ‘ज्यान साइली’ बोलको गीतको भिडियोसहित ‘अक्षर’ एल्बम सार्वजनिक भएको छ ।

वरिष्ठ पत्रकार भरत शाक्यले काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमकाबीच एल्बमको विमोचन गरेका हुन् । उक्त एल्बममा गायक स्वयंको शव्द संगीतमा ‘ज्यान साइली’सहित पाँचवटा गीतहरु समावेश छन् ।

आधुनिक र लोकधारको नेपाली मौलिक संगीत शैलीलाई आत्मसाथ गरी गीतहरु तयार गरिएको गायक कटेलले बताए। म्युजिक भिडियोमा युवा र युवतीबीचकोे माया प्रेमलाई दर्शाउन खोजिएको छ ।

‘ज्यान साइली’ बोलको गीतको भिडियोमा नायिका हर्षिका श्रेष्ठ र पवित्र भण्डारीले अभियन गरेका छन्। दोलखाको खरी ढुंगामा छायांकन गरिएको भिडियोको निर्देशन भरत शाक्यले गरेका छन् । गायक तथा संगीतकार कटेलको यो पहिलो एल्बम हो। आउँदा दिनमा गायन र संगीत सिर्जनमा लागि रहने कटेलले बताएका छन् ।

1899 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank