जस्टिन बिबरले फ्यानमाथि मुक्का प्रहार गरेपछि.. (भिडियो)

शनिबार, मंसिर ११, २०७३

loading...

चर्चित गायक जस्टिन बिबरले आफूलाई छुन खोज्ने एक फ्यानलाई मुक्का प्रहार गरेका छन् । बार्सिलोनामा आयोजित एक संगीतिक कार्यक्रममा सहभागी हुन पुगेका जस्टिनले गाडीभित्र बसिराखेको अवस्थामा छुन खोज्ने एक पुरुष फ्यानलाई मुक्का प्रहार गरेका हुन् ।

कारको झ्यालबाट जस्टिनलाई छुन खोज्ने फ्यानलाई उनले मुक्का प्रहार गरेका हुन् । कार गुड्दा गुड्दै जस्टिनले मुक्का हानेका थिए । जस्टिनको मुक्काले उनका प्रशंसकको ओठ काटिएको छ । घाइते प्रशंसकले मिडिया मार्फत् जस्टिनप्रति आक्रोश व्यक्त गरेका छन् ।

जस्टिनले यसरी फ्यानलाई मुक्का हानेको दृश्य मिडियाले कैद गरेका छन् । उनका फ्यानको ओठ काटिएर रगत बगेको भिडियोमा देख्न सकिन्छ ।

क्यानेडियन गायक जस्टिन जति लोकप्रिय छन् उत्ति नै सन्काहा छन् । यस अघि समेत उनले यस्ता विवादास्पद काम गर्दै आएका थिए ।

 

349 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank