सौराहामा ज्योतीसँग जोगिन्दरको रोमान्स

बिहिबार, जेष्ठ १७, २०७५

loading...


सौरहा । सौरहामा चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता शिवशंकर रिजाल ‘जोगिन्दर’सँग चर्चित गायिका ज्योति मगर रोमान्स गरिरहेको भेटिए । यो रोमान्स रियल लाइफमा नभएर ‘प्यारो जोगिन्दर, सबैको जोगिन्दर’ बोलको गीतमा हो ।

गीतमा शब्द संगीत महेश ज्ञवालीको रहेको छ भने परराज पौडेल र सृजना गुरुङले आवाज दिएका छन् । निर्देशन भने सचिन थापा मगरले गरेका छन् । भिडियोको कोरियोग्राफर कमल रार्इ हुन् भने छायांकन राम केसीले गरेका छन् ।

चितवनको सौराहामा सम्पूर्ण भिडियोको छायांकन गरिएको छ । भिडियोमा प्रमुख पात्रको रूपमा चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता शिवशंकर रिजाल ‘जोगिन्दर’सँग चर्चित गायिका ज्योती मगर देखिनेछिन् । साथै उक्त भिडियोमा परराज पौडेल, सिर्जना गुरुङ, नेत्र बानियाँ लगायतको अभिनय छ ।

दुर्इ हप्तापछि उक्त म्युजिक भिडियो बजारमा आउने गुरुङले बताइन् ।

Jyoti sirjana

jogindar

jogindar सौराहामा ज्योतीसँग जोगिन्दरको रोमान्स

315 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank