सिमली छाँयासंग असी बर्षका बृद्धबृद्धालाई नचाए जीवनले

शुक्रबार, फाल्गुन २०, २०७३

loading...


रुकुम ।  रुकुम मुसिकोटमा जारी मध्यपश्चिम रुकुम महोत्सवमा जनकलाकार जीवन शर्माले असी बर्षका बृद्धबृद्धालाई नचाएका छन् । उनले बृद्धबृद्धाहरुको मन जीतेका छन ।

महोत्सवको आठौ दिन जनकलाकार शर्माले ‘सिमली छाँयामा बसी भरीया लामो सास फेरेको, उमेर भइसक्यो असी जन ठुला दुखले घेरेको’ गीत गाउँनु भन्दा अघि गीतका लागि केहि हिरोहरु चाहिएको छ भन्दै दर्शकमाझ बाट केहि बृद्धबृद्धाहरुलाई मञ्चमा बोलाएर सम्मान मात्र गरेनन उनीहरुलाई नचाएरै पनि छाडे ।

उनले त्यो गीत गाउँदा दर्शक माझबाट ठुलै ताली मात्र बजेन आफ्ना घरमा रहेका बृद्धबृद्धाहरुलाई सम्मान गर्ने प्रेरणा पनि दिए । त्यस्तै उनले फोकल्याण्डको टापुबाट र अन्य देशभक्तिका गीतहरु गाउँदा महोत्सव स्थलका दर्शक शान्त मात्र भएनन् स्तब्ध समेत भए । शर्माले मञ्चबाट गीत गाउँदा मन छोएर बृद्धबृद्धा मात्र नभएर युवाहरु पनि केहि बेर भाबुक भए ।

‘२०४३ सालतिर लुक्दै छिप्तै रुकुममा आएको थिए, द्धन्द्ध पछिको रुकुम निकै सुन्दर भैसकेको रैछ’ उनले भने, ‘यो क्रान्तिको सुन्दर भुमिका आउन पाउँदा निकै खुसि लागेको छ ।’शर्मामा आफ्ना बिभिन्न आधा दर्जन प्रस्तुती छोटो मिठो तरिकाले प्रस्तुत गरिएको थियो ।

शर्मासगै महोत्सवको सांस्कृतिक कार्यक्रममा आज लोक कलाकारहरु पुर्णकला बिसी र प्रिति आलेले पनि आफ्नो प्रस्तुती देखाएका थिए । त्यस्तै हास्यकलाकार सुरबिर पण्डित लगायत टेलिसिरियल भद्रगोलका अन्य कलाकारहरुको पनि प्रस्तुती रहेको थियो ।

फागुन १२ गते उद्घाटन भएको महोत्सवमा आगामी २१ गते सम्म सञ्चालन गर्ने पुर्ब घोषणा भएपनि दर्शकके मागलाई सम्बोधन गर्न थप १ दिन थप गर्न सरसल्लाह भैरहेको महोत्सव मुल आयोजक समिति संयोजक टेकबहादुर पुनले जानकारी दिए । उनका अनुसार आगामी दिनहरुमा पनि चर्चित कलाकारहरुको प्रस्तुती रहने छ ।

2497 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank