झुप्रीले ल्याइन् ‘सम्झी रुनारुना’

बुधबार, माघ २९, २०७६

loading...


अछाम । बेग्लै र मौलिक पहिचान बोकेर साङ्गीतिक जगतमा उदाएकी झुप्री भण्डारीको पहिलो गीत ‘सम्झी रुनारुना’ सार्वजनिक भएको छ । उक्त गीत आज सडक मिडिया (युट्युब)मार्फत् सार्वजनिक गरिएको हो ।

झुप्रीले नेपालको पहिलो रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आफ्नै मौलिक गीत गाउँदा धेरै दर्शकका आँखा रसाएका थिए । आजसम्म आफ्ना आँखाले उज्यालो र अँध्यारोको महसुस गर्न नपाएकी झुप्रीले आफ्नो जिन्दगीको कथा जस्तै गीत गाउँदै आएकी छन् ।

आँखा नदेखेकै कारण उनले औपचारिक शिक्षाबाट समेत बन्चित हुनुपर्‍यो तर पनि उनले सुनेको भरमा टपक्कै लय टिपेर आफ्ना पीडालाई गीतमा ढाल्न सक्छिन् । आफ्नो जिन्दगीदेखि वाक्क लागेको र पटक्कै बाँच्न मन नलागेको अभिव्यक्ति उनका गीतमा पाइन्छ । उनका गीतमा आमाले आफूलाई नमारेकामा खुब गुनासो गरेकी छन् । उनका गीतमा प्राय: निराशावादी चिन्तन पाइन्छ ।

आफ्नै जिन्दगीको वास्तविकतालाई गीतमा उतार्ने झुप्रीलाई काठमाडौंसम्म ल्याएर संसारभर चिनाएका स्रष्टा कमल सङ्घर्षले ‘सम्झी रुनारुना’को गीत लेखनमा सघाएका छन् । गीतमा पाण्डव विष्टको लय रहेको छ भने एरेन्ज विनोद बजुरेलीले गरेका हुन् ।

गीत सडक मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियो निर्देशन कमल सङ्घर्ष र बरुण रिजालले गरेका छन् ।

हेर्नुहोस् गीत :

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments