प्रसाईं र कार्कीको जता हेर्छु केबल तिमी’बोलको गीत सार्वजनिक

आइतवार, असार २४, २०७५

loading...


काठमाडौं ।नायक धिरेन शाक्य लामो समयपछि पर्दामा देखिएका छन् ।
एक जमानाका लोकप्रिय स्टार शाक्य पछिल्लो समय प्रमोद प्रसाईं र सोनी कार्कीको स्वरमा रहेको ‘जता हेर्छु केबल तिमी’ बोलको गीतको भिडियोमा देखिएका हुन् । सोनी कार्कीकै शब्द र रिदम कँडेलको संगीतमा रहेको गीतको भिडियोमा नायक शाक्यलाई अभिनयमा कमला दाहालले साथ दिएकी छिन् ।

भिडियो बेलायतको लण्डनमा छायांकन गरिएको हो ।सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन, छायांकन र सम्पादन गरेको भिडियोमा बेलायतको मुटु लन्डन टावर ब्रीज, ग्रीनबीच आदि देख्न सकिन्छ ।

अन्जली केसीको डिजाइन र प्रभु गुरुङको कोरियोग्राफीमा भिडियो निर्माण भएको छ । जर्मनीमा बस्दै आएकी कमलाले तामिल, नेपाली र हिन्दी केही चलिचित्रमा समेत अभिनय गरेकी छिन् ।

37 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank