चम्सुरीका श्रीमान् एकाएक बेपत्ता भएपछि पत्रकार पौडेलसँग हारगुहार (भिडियोसहित)

बुधबार, पुस २६, २०७४

loading...


काठमाडौ । चर्चित हांस्य कलाकार पल्पसा डंगोलका श्रीमान एक्कासी घरबाट हराएपछि उनी खोज्दा खोज्दै हैरान भएकी छिन् । भौतारिएर श्रीमान खोज्दै हिंड्दा हिंड्दै उनी पत्रकार जनार्जन पौडलकहाँ सम्म पुगेकी छिन् । यो कथा ‘यस्तै छ यहाँको चलन’ श्रृंखलाको पाँचौं भागको हो । उनका श्रीमान घरबाट निस्केर अवतारी बाबा बन्न गएपछि उनी भने श्रीमान खोजेर चौतर्फी भौतारिएको सिरियलमा देखाइएको छ ।

राजु गिरी प्रोडक्सन र शुभेच्छा सिने फ्रेमको प्रस्तुतिमा राजु गिरीले निर्देशन गरेको हाँस्य टेलिश्रृंखला ‘यस्तै छ यहाँको चलन’ले छोटो समयमा दर्शक स्रोता माँझ लोकप्रिय बनको छ ।

मेघा टेलिभिजन मार्फत प्रत्येक साता शुक्रबार ७: ३० बजे प्रसारण हुदै आएको उक्त टेलिचलचित्र पाँचौं भाग पुग्दा पुग्दै दर्शकको रोजाईमा परेको छ ।

विशेष गरि टेलिश्रृंखलाका पात्रहरुमध्ये मदन सिटौला (धनीराम)को अभिनयलाई धेरैले रुचाएका छन् भने यसका साथै राजु गिरी (राजु साहु), शुभेच्छा थापा, पल्पसा डंगोल ,रश्मी भट्ट लगायत अन्य कलाकारको अभिनयलाई पनि दर्शकले रुचाएका छन् । आफूले हाँस्य विधाबाट समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने सिरियल पस्कन लागेको बताउने गिरी चलचित्र निर्देशनमा व्यस्त हुँदा हुँदै पनि टेलिश्रखला निर्माणमा लागि परेका छन् ।

218 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!