जाइराको आइटम गीत रिलीज

शुक्रबार, साउन १०, २०७६

loading...


काठमाडाै। भाद्र ६ गते रिलीज हुने नेपाली चलचित्र जाइराको आइटम गीत रिलीज भएको छ । शुक्रबार इन्टरनेटमा रिलीज यो मात चढेको साँझ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ । पुरानो चलचित्र मनको बाँधमा रहेको गीतको रिमेक हो । उक्त चलचित्रमा रहेको गीतमा मिरा राणाको स्वर रहेको थियो ।

यस गीतमा वरिष्ठ गीतकार किरण खरेलले शब्द दिएका  छन भने शिव शंकरको संगीत रहेको छ । जाइराको लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले एरेञ्ज गरेका छन् । नेपाल चलचित्र संस्थानद्वारा निर्मित तथा प्रकाश थापा निर्देशित मनको बाँध सन् १९७४ मा रिलीज भएको थियो ।

यो मात चढेको साँझमा तनुजा गुरुङ्गले दमदार नृत्य गरेकी छन् । कोरियोग्राफर गोबिन्द राई हुन् । तनुजालाई अडिसन मार्फत  गीतमा नृत्यको लागि छनाेट गरिएको थियो ।

जाइरामा नायिका नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी श्रेष्ठले यस चलचित्रमा भने आफुलाई एक्सन प्रधान देखाएकी छन् । यो चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा नम्रताको साथमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । पटकथाको काम निर्देशक श्रेष्ठ र निरोज महर्जनले सम्हालेका छन् । कटामरी फिल्मसकाे ब्यानरमा निर्माण भएको यो चलचित्र नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा प्रस्तुत भएको हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यो चलचित्रलाई बाबु श्रेष्ठले छायांकन तथा लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

हेर्नुहाेस भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata