जाइरा’ अफिसियल ट्रेलर सार्वजनिक

बुधबार, साउन २२, २०७६

loading...


काठमाडौं । भाद्र ६ गते प्रदर्शन हुने आशुतोष राज श्रेष्ठ निर्देशित फिल्म ‘जाइरा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले फिल्म बदलाको कथामा केन्द्रित रहेको प्रस्ट्याउँछ । २ मिनेट १ सेकेण्ड लामो ट्रेलर इन्गेजिङ्ग छ ।

यो फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । ट्रेलरमा देखिएको उनको लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता बढाउने निश्चित छ । फिल्मका लागि उनले आफ्नो कपाल तिलाञ्जली दिएकी थिइन् । फिल्मको ट्रेलरमा भर्सटायल अभिनेता प्रमोद अग्रहरीको लुक्स र गेटअपले पनि ध्यान खिच्न सफल छ ।

‘जाइरा’मा नम्रता र प्रमोदसँगै अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्राचार्यको सम्पादन छ ।

अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानर तथा कटामरी फिल्मसको सहकार्यमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ । ‘जाइरा’मा एक्सन अवतारमा प्रस्तुत भएकी अभिनेत्री नम्रताले आफूले कहिल्यै एक्सन फिल्म गर्नेबारे नसोचेको बताउँछिन् । निर्देशक श्रेष्ठले कन्भिन्स गराएपछि आफू यो फिल्म गर्न तयार भएको उनको भनाई छ ।

हेर्नुहाेस ट्रेलर 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata