रीतुको पहिलो लोकदोहरी गित तिम्लाई खुसी अन्तै मिल्छ भने भिडियो सार्वजनिक

मङ्लबार, असार ३, २०७६

loading...


काठमाडौं । रिता शाही (शाह) रीतुको पहिलो लोकदोहोरी गित तिम्लाई खुसी अन्तै मिल्छ भने लोक दाहोरी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
साहित्यक क्षेत्रमा आफ्नो पहिचान बनाउँदै राजधानी काठमाडौंका विभिन्न साहित्यक क्षेत्रमा क्रियाशिल शाही पहिलो पटक लोकदोहोरीको क्षेत्रमा उदाएकी छिन ।

गजल, मुक्तक, फुटकर कविता र लघुकथामा कलम चलाउँदै आएकी शाहीले पहिलो पटक जाउ जाउ सानू खुसी तिम्लाई अन्तै मिल्छ भने बोलको लोकदोहरी गित बजारमा ल्याएकी हुन । तीतामिठा पलहरु नामक गजल संग्रह प्रकाशित गरिसकेकी शाहीले पहिलो पटक आफ्नै शब्द तथा स्वर भरेकी छिन । नव उदायममान गायक रामचन्द्र बोहोरा र शाहीको श्वर रहेको उक्त गित मालाश्री रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्डिङ भएको थियो ।

विशेष फिल्म प्रालिबाट सार्वजनिक म्युजिक भिडियोमा मोडेल सोनिया थापा र चिरञ्जीवी खड्का,सुरेन्द्र शाही र रीता शाहीले अभिनय गरेका छन । दर्जनौं म्युजिक भिडियोको छायांकन गरेका अत्यन्त व्यस्त छायाकार डिबी रौलेले भिडियोको छायांकन गरेका छन भने म्ययुजिक भिडियो निर्देशन समेत शाहीले नै गरेकी छिन ।

गितको काठमाडौंमा छायांकन गरिएको छ । राजेन्द्र बाजुरालीको लय रहेको गितको एरेन्ज समेत बाजुरालीले नै भरेका छन ।  साहित्यक क्षेत्रमा विशेष चासो राख्ने शाहीले आफु पहिलो पटक दोहोरी मार्फत दर्शक सामू आउँदा खुसी व्यक्त गरिन । उनले आफ्नो पहिलो प्रयासमा खुसी थपिएको बताउँदै आगामी दिनमा दर्शक एवं स्रोताको माया पाउने अपेक्षा समेत गरेकी छिन । उनले लगत्तै नयाँ गित समेत बजारमा ल्याउने बताएकी छिन ।

भिडियाे हेर्नुहाेस 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata