हटकेक नायिका साम्राज्ञी ‘रातो टिका निधारमा’मा

सोमवार, जेष्ठ ६, २०७६

loading...


काठमाडौं । फिल्म ‘ड्रिम्स’बाट नेपाली रजतपटमा भित्रिएकी साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी हटकेक नायिका हुन्  ।आफूले अब चलचित्र क्षेत्र बाहेक अरु केही पनि नसोचेको बताउने शाह एउटै खालको भूमिका गरेको आरोप खेप्दै आइरहकी पनि छिन ।

samragyee rajya laxmi shahको लागि तस्बिर परिणाम

यस्तैमा उनी फरक भूमिकामा देखिने भएकी छन् । निर्माता/निर्देशक अशोक शर्माको ‘रातो टिका निधारमा’ उनलाई फरक अवतारमा देख्न पाइने छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाहको लागि तस्बिर परिणाम

‘रातो टिका निधारमा’को घोषणा कार्यक्रममा बोल्दै साम्राज्ञीले भनिन्–‘हो, मारुनीमा र यसमा मेरो भूमिका फरक छ । पहिलो पटक मलाई राम्रो राम्रो कथाको अफर आइरहेको छ । मलाई सबैले एउटै खालको भूमिका गरेको आरोप लाउँछन् । हो, यसअघि एउटै खालका कथाको अफर आयो कि त्यो भन्दा खत्तम आयो ।’

साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई आफ्नो काम निकै नै मनपर्ने बताएकी छिन् । उनले भनिन्–‘मैले मेरो करिअर नै यही क्षेत्रमा सोचेकी छु । मैले कमाउन पनि पर्छ । यसैले काम गर्नुपर्छ । म खाली बस्न सक्दिनँ । मलाई मेरो काम मनपर्छ ।’

ह्ग्फफ्ग

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata