प्रहलाद तिमिल्सिनाकाे हिउँ सरी , झरी भिडियाे सहित

शनिबार, पुस १४, २०७५

loading...


काठमाडौं।  प्रहलाद तिमिल्सिना नेपाली चलचित्रका स्थापित पाश्र्व गायक हुन् । उनले गाएका नेपाली चलचित्रका थुप्रै गीतहरु लोकप्रिय भएका छन् । धेरै वटा चलचित्रमा थुप्रै अभिनेताका लागि पाश्र्व गायन गरिसकेका यी गायक सुगम संगीतमा आधारित आधुनिक शैलीका गीत पनि उत्तिकै कुशलताका साथ गाउन सिपालु छन् ।

केही साताअघि आफुले गाएका आधुनिक गीतहरुको दोस्रो एकल एल्बम ‘महक–२’ सार्वजनिक गरेका यी गायक यतिबेला सोही एल्बमको एउटा नया“ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्राेतामाझ आएका छन् । ‘हिउ“ सरी…’ शीर्षकको गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको च्यालनबाट सार्वजनिक गरिएको छ ।

आधुनिक शैलीको उक्त गीतलाई वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीतबद्ध गरेका हुन् । उक्त गीतमा शब्दहरु भने अभिनेता जीवन लुईटेलले रचना गरेका हुन् ।

हरि हुमागाईंद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री सुमी मोक्तानले अभिनय गरेका छन् । उत्तम हुमागाई“द्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् ।

यस्तो छ भिडियो

151 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank