फिल्म ‘एैयारी’का केही सिनमा भारतीय रक्षा मन्त्रालयको आपत्ति

सोमवार, माघ २२, २०७४

loading...


नीरज पाण्डेको फिल्म ‘एैयारी’ रिलीजको समय नजिकिँदै गर्दा समस्यामा परेको छ । भारतीय रक्षा मन्त्रालयले फिल्म ‘एैयारी’ हेरेपछि फिल्ममा केही सिन परिवर्तन गर्न माग गरेको छ । सूचना तथा सञ्चार मंत्रालयको संशोधन समितिले रक्षा मंत्रालयका अधिकारीहरुका लागि उक्त फिल्मको विशेष स्क्रीनिंग देखाएका थिए । फिल्मको उक्त स्क्रीनिंग हेररेपछि अधिकारीहरूले फिल्ममा परिवर्तनको माग गरेका हुन्। यद्यपि कस्तो परिवर्तन भन्ने खुलाइएको छैन ।

उक्त थ्रिलर चलचित्रमा सिद्धार्थ मल्होत्रा ​​र मनोज बाजपाई सेना अफिसरको भूमिकामा छन् । यसको पहिले सेंसर बोर्ड अफ सर्टिफिकेसनले पनि फिल्मलाई पारित नगरि संशोधन समितिमा रिफर गरेको थियो ।

हिंदुस्तान टाइम्सका अनुसार रक्षा मंत्रालयका अधिकारीहरुले फिल्म ‘एैयारी’ शनिबार दिउँसो हेरेका थिए । उनीहरुले केही दृश्यहरूमा आपत्ति जनाएका छन् । र फिल्मको टिमलाई केही परिवर्तन गर्न आग्रह गरेका छन् । यद्यपि कुन दुश्यलाई परिवर्तन गर्नु पर्ने त्यो भने बताएका छैनन् ।

उक्त फिल्म फेब्रुअरी ९ मा रिलिज हुने तयारीमा छ । फिल्म रिलीजका लागि फिल्मको टिमलाई चाडैनै दृश्यहरु परिवर्तन गर्नुपर्ने हुन्छ ।

213 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank