फिल्म बागी २ः टाइगरले तोडे आफ्नै रेकर्ड

मङ्लबार, चैत्र २०, २०७४

loading...


काठमाडौं । बक्स अफिसमा फिल्म बागी २ ले आश्चर्यजनक तरिकाले चर्चा बटुलिरहेको छ । पहिलो दिनमा २५ करोड कमाएको फिल्मले मात्र चार दिनमा ८५ करोडको आंकडा छोएको छ ।

मार्च ३० मा रिलिज भएको टाइगर श्राफ र दिशा पटनीको फिल्मलाई दर्शकहरूले भरपुर मन पराएका छन् । यो फिल्मको सफलतासंगै टाइगरले आफ्नो पहिलाका फिल्महरुको रेकर्ड तीन दिनमा तोडेका छन् । टाइगरको पहिलो फिल्म हिरोपन्तिले ७२ करोडको कारोवार गरेको थियो । त्यस्तै फलाईंग जट फिल्मले ५६ करोडको कमाई गरेको थियो ।

फिल्मको निर्माण पनि निकै रमाइलो छ । तर फिल्ममा सबै भन्दा बढी मेहनत टाईगरको लुकको लागि गरिएको थियो । टाइगरको लामो कपाललाई छोटो बनाउन सबैभन्दा ठूलो चुनौती थियो । टाईगरलाई आफ्नो लामो कपाल एक दम मन पर्छ । उनले यसलाई छोटो बनाउन ५ हप्ता लगएका थिए ।

199 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank