पूर्व युराज्ञी हिमानी सपरिवार सहित हल सम्म पुगिन ‘बाहुबली टू’ हेर्न

आइतवार, बैशाख २४, २०७४

loading...


काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह सासू कोमल शाह र छोरी पूर्णीकासँग ‘बाहुबली टु’ हेर्न हलसम्म पुगेकी थिईन् । शुक्रबार बेलुका विकेन्ड मनाउने हिसाबले हिमानी सुन्धारास्थित सिटिसी मलमा उक्त फिल्म हेर्न पुगेकी हुन् ।

विश्वव्यापी रुपमा निकै चर्चा बटुलिरहेको उक्त फिल्मको नेपालमा पनि ठूलै क्रेज छ । यसबाट पूर्व शाही खानदान पनि अछुतो रहन सकेन ।

फिल्म हेर्न उनीहरुले पूरै शो नै बुक गरेका थिए वा अन्य दर्शकसँगै बसेर फिल्म हेरे त्यो भने स्पष्ट हुन सकेको छैन । पूर्व शाही परिवार फिल्म हेर्न हलसम्मै पुगेको खबर योभन्दा पहिले सार्वजनिक भएको छैन ।

विश्वभरी ९ हजार स्क्रिनमा गत शुक्रबार रिलिज भएको यो चलचित्रले एक हप्ताभित्रै ८ सय ६० करोड भारुको कमाई गरेसँगै भारतीय सिनेमाको नम्बर १ ‘ब्लकबस्टर’ बनेको छ ।

1151 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank