पूर्वजको आत्माको लागी हालोवीन भब्य रुपमा मनाईदैं

बुधबार, कार्तिक १४, २०७५

loading...


पश्चिमी मुलुकहरुमा हरेक साल अक्टोवर ३१ तारिखको दिन हालोवीन भब्य रुपमा मनाइन्छ । आफ्ना पूर्वजको मृतआत्माले शान्ती पाओस भन्दै मनाइने यो चाड पश्चिमी मुलुकमा अत्यन्त लोकप्रिय मानिन्छ ।

यस पर्वमा मानिसहरु नयाँ कपडा लगाउछन । यस चाडमा मानिसहरु यस्तो मेकअप गर्छन । ताकि अरुलाई डर लाग्ने देखियोस । सामान्यतया इसाईहरुले मनाउने यो पर्व पछिल्लो समय पश्चिमी मुलुकमा बस्ने हरेक समुदायले मनाउन सुरु गरेका छन । इसाईहरु यस पर्वलाई अत्यन्त धुमधाम सँग मनाउछन । यस पर्वलाई हालोवीन इभ , अल सेन्ट इभ , अल हालो इभिनिङ , अल हालोवीन पनि भन्ने गरिन्छ ।

हालोवीन अमेरिका, वेलायत र युरोपियन मुलुकमा भब्य रुपमा हरेक साल अक्टोवर ३१ मा मनाइन्छ । हालोवीनको इतिहास खोतल्दा यो पर्वको सुरुवात आयरल्याण्ड र स्कटल्याण्डबाट भएको भेटिन्छ । आइरिसहरु यस पर्व सँगै नयाँ वर्ष सुरु हुने मान्दछन । मानिसहरु यस पर्वमा फर्सी वा ठुलो जातको लौकालाई भित्रबाट खाली गर्छन ।

जसमा नाक , आँखा र मुख बनाउछन । भित्र मैन बत्ती बाल्छन । जसलाई घरको बाहिर वा रुखमा झुण्डयाइ दिन्छन । जसलाई पछी जमिनमा गाडी दिन्छन । बच्चाहरु छिमेकी र नातेदारलाई चकलेट बाड्दछन । यो पर्व मुलुक अनुसार सामान्य फरक तरिकाले मनाइन्छ ।
हालोवीन पर्वमा मानिसहरु डरलाग्दो भेषभुषामा देखिन्छन ।

यस दिन साथी र नातेदार एक आपसमा मनोरञ्जन गर्दछन । यस पर्वमा अनेक गेम खेल्ने गर्छन । मानिसहरु बिभिन्न ढंगले हालोवीनको मज्जा लिने गर्दछन ।

72 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank