रेलीमाइ’मा गायिका जोशीसँगै युवागायक आर्जन पाण्डे पनि

सोमवार, जेष्ठ २८, २०७५

loading...


 काठमाडौँ।

गायिका इन्दिरा जोशी ‘रेलीमाइ’ बोलको गीत एवं भिडियो लिएर दर्शक तथा श्रोतामाझ आएकी छन् ।

‘रेलीमाइ’मा गायिका जोशीसँगै युवागायक आर्जन पाण्डेको पनि स्वर छ । सार्वजनिक गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ । रिकेश गुरुङ संगीत संयोजक रहेको यस भिडियोमा गायिका जोशी तथा गायक पाण्डेले नै अभिनय गरेका छन् ।

डान्स बीटको यस भिडियोमा गायिका जोशीको नृत्य समेत जमेको छ । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृश्यलाई आकर्षकशैलीमा चित्रण गरिएको छ ।

‘रेलीमाइ’लाई हरि हुमागाइँले खिचिका हुन् भने निर्देशन प्रविण सिंहले गरेका हुन् । निशान घिमिरेले सम्पादन गरेको यस भिडियोमा श्याम लामा तथा सुमन लामाले कलाकारलाई सिँगार्ने काम गरेका छन् ।

भिडीयोे पनि हेर्नुहोस ।

130 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank