विवाहको १२ दिनमै डिभोर्स, पामेला-जोन भए अलग अलग

आइतवार, माघ २६, २०७६

loading...


एजेन्सी । हलिवुड कलाकार पामेला एण्डरसन र फिल्म निर्माता जोन पिटर्सबीच हालै सम्पन्न विवाह केवल १२ दिन मात्र टिकेको छ ।
१२ औं दिनमा पिटर्स  जोनले एक सानाे म्यासेज मार्फत पामेलासँग सम्बन्ध तोडेका हुन । पूर्व बेवाच पामेलासँग निर्माता जोनले अचानक विवाह तोडेको बताइएको छ ।  विवाह पश्चात केवल ५ दिन मात्र सँगै विताएका जोनले पामेलालाई एक म्यासेज लेख्दै भनेका छन ।  आफ्नो विवाह तोड्दै लेखेको म्यासेज उल्लेख गर्दै एक समाचार पत्रले जनाए अनुसार ७४ वर्षिय जोनले लेखेका छन । विवाह जस्तो कुनै चीजसँग मलाई डर लाग्छ । मलाई यस्तो महशुस भइरहेको छ कि यस उमेरमा म साधारण शान्तिको जिन्दगी बाँच्न चाहान्छु । र कुनै अन्तराष्ट्रिय प्रेम प्रशंगबाट टाढा रहन चाहान्छु ।

यस कारण यो समयमा म केहि दिनका लागि यी सबैबाट टाढा जान चाहान्छु । सायद तिमीलाई पनि क्यानडा जानु आवश्यक छ । दुनियाँले जानी सकेको छ । हामीहरु अलग भइसकेका छौं । मलाई लाग्छ, अब हामीहरुले अलग अलग बाटो समात्नु आवश्यक छ ।  आफ्नो सन्देशमा जोनले ५२ वर्षीया अभिनेत्री पामेलासँग माफी मागेका छन ।

समाचारपत्रले जनाए अनुसार पामेलाले जोनलाई माफी दिएकी छिन । पामेलाले जवाफमा लेखिकी छिन, जोन म तिमीलाई धेरै माया गर्छु । म हमेशा तिम्रो जीन्दगीमा रहन चाहन्छु ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments