‘नांगिएर मात्र ग्ल्यामर हुदैन,ग्ल्यामरमा भेराइटी पस्कन सक्नुपर्छ’

प्रेम फेशन जस्तै एउटै केटा-केटीका ४–५ वटा गर्लफ्रेण्ड व्वाईफ्रेन्ड

शुक्रबार, फाल्गुन २७, २०७३

loading...


म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन तुलसा कटुवाल । संखुवासभाको चैनपुरमा जन्मेर काठमाडौमा संघर्षरत तुलसाले अहिलेसम्म करिव दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफ्नो प्रखर अभिनयकला देखाइसकेकी छिन् । पछिल्लो समय उनी दमन रुपाखेतीद्धारा निर्देशित हास्य टेलिश्रृंखला हाक्काहाक्कीमा समेत देखापरिरहेकी छिन् । विशेष गरी कला क्षेत्रमा विभिन्न विधाहरुमा आफूलाई ढाल्नु पर्छ भन्ने मान्यता राख्ने कटुवालले मान्यता जस्तै बिभिन्न खाले लोक,आधुनिक पप लगायकतका गीतका म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।

आफ्ना भिन्न प्रस्तुतिका कारण अहिले उनी चर्चामा रहेकी छिन् । करिव ५ फिट चार इन्च उचाइ भएकी सुन्दर मोडल तुलसा कटुवाल हेर्दा जति राम्री देखिन्छन उनको बानी व्यहोरा पनि उस्तै नै छ । त्यसैले एकपटक उनको सम्पर्कमा आएको व्यक्ति उनीसँग नजिकिन्छन् । चर्चित गीत ‘साउनी मुसुक्कै पैसा भुसुक्कै को मोडल’ उनै मोडल तुलसा कटुवालसँग नेपालपाटी डटकमका लागि जनार्जन पौडेलले गरेको मिठो कुराकानी यस प्रकार रहेको छ ।

1

लामो समय मोडलिङ र म्युजिक भिडियोमा लागेर पनि सिने क्षेत्रमा चाहि किन हात नहाल्नु भएको ?

मलाई सिनेमा खेल्ने अफर त थुप्रै आए तर स्क्रिप्ट पढेपछि आफूलाई फिट हुने र चित्तबुझ्दो रोल नै नपाएर नखेलेकी हुँ ।

 हाल के मा व्यस्त हुनुहुन्छ ?

हाल म्युजिक भिडियो हरुमै व्यस्त छु । म्युजिक भिडियो लगायत व्युटिसियन कक्षामा पनि लागिरेको छु ।

तपाईं संखुवासभामा जन्मि हुर्केको मान्छे, कलाकारितामा प्रवेश कसरी गर्नुभयो ?

संखुवासभामा जन्मि हुर्के पनि मैले कलेज काठमाडौंमा आर.आर कलेजमा पढेकी हुँ । मलाई सानैदेखि अभिनय र गीत संगितमा धेरै रुचि थियो । स्कूलमा आयोजना गरिने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा म लोकगीत गाउँथे र नृत्य गर्थें । काठमाडौंमा पढ्न आएपछि कलाकारितामा लाग्ने चाहना झन बढ्दै गयो । पाँचथरमा जन्मेकी गायीका देसु सुहाङसँग मेरो चिनजान थियो  । उहाँले नै मलाई म्युजिक भिडियोमा खेल्ने अवसर मिलाइदिनुभएको हो ।

मेरो सानैदेखिको सोख हो मोडलिङ र अभिनय । मलाई सानै देखि नै यो क्षेत्रमा लाग्ने रहर जागेर आउँथ्यो, त्यसैको निरन्तरता हो आजसम्म मैले गरेका काम ।

घरपरिवारबाट कस्तो सपोर्ट पाउनुु भएको छ ?

यस क्षेत्रमा लाग्नबाट आफ्नो परिवारबाट पनि राम्रो सपोर्ट पाएको छु । परिवारको सपोर्ट बिना त कहाँ अगाडि बढ्न सकिन्छ र ?

सबै ग्ल्यामर ग्ल्यामर भन्छन,आखिर के हो ग्यामर भनेको ?

‘ग्ल्यामर भन्ने कुरा हर चिजमा छ, आजको दुनिया भनेकै ग्ल्यामरको दुनिया हो । तर कपडा खोलेर नांगिनु मात्र ग्लामर हैन । ल्यामर सधैँ एकै किसिमको हुन्न, भेराइटी पस्कन सक्नु पर्दछ । यो समयको माग पनि हो ।

2

तपाइले अभिनय गर्नु भएको पहिलो म्यूजिक भिडियो कुन रहेको थियो ?

पहिलो पटक रामजी खाँड र टिका पुनको गीत ‘पिरतीको साँचो अर्थमा बोलको गीतको म्युजिक भिडियो मार्फत अभिनय सुरु गरेकी थिएँ ।

अहिलेसम्म कुन कुन कलाकारसँग काम गर्ने मौका पाउनु भयो ?

मैंले अहिलेसम्म रामजी खाँड, अर्जुन मुखिया, पुर्नकला बिसि, धिरेन शाक्य,सुरबीर पण्डीत,दमन रुपाखेती,शंकर बिसी लगायत थुप्रै कलाकार एवं गायकहरुसँग काम गरिसकेकी छु । एकनारायण भन्डारीको लय र अन्जु पन्तको स्वर , शङ्कर बिसीको केही समय अघिमात्र बजारमा आएको शिव परियारको स्वरमा रहेको गीत मैले माया तिमिलाइ र नेपाली पप गीत रन्जित लामाको चौबन्दी तुनामा पनि मेरा चर्चित गीतहरू हुन् । यी लगायत अन्य चारवटा जति म्युजिक भिडियो तत्कालै आउन लागेको छ ।

हालसम्मको चर्चित म्युजिक भिडियो चाहि कुन हो ?

मेरो धेरै दर्शक स्रोताले मन पराउनु भएको अत्याधिक चर्चामा रहेको म्युजिक भिडियो भने ‘साउनी मुसुक्कै पैसा भुसुक्कै’ भन्ने नै हो ।

नेपालमा नायिकाहरुलाई सिनेमा पाउनको लागि निर्माता निर्देशकसँग सम्झौता गर्नुपर्छ भन्ने हल्ला सुनिन्छ नि ?

पुराना तथा स्थापित नायिकाहरुको लागि जरुरी छैन होला । तर नव नायिकाहरुले फिल्म पाउनको लागि ठूलै संघर्ष गर्नुपर्छ । कि कला क्षेत्रमा आफ्नो मान्छे हुनुप¥यो कि निर्माता निर्देशकले भनेको मान्नुप¥यो । आफ्नो मान्छे ठाउँमा छैन भने जतिसुकै अभिनय क्षमता र प्रतिभा भएपनि अवसर पाउन गाह्रो छ ।अभिनय गर्न र चर्चामा आउन म कसैसँग कुनै पनि सम्झौता गर्न तयार छैन ।

सिनेमा खेल्नु भयो भने विशेष तपाईं कस्ता फिल्ममा अभिनय गर्न चाहनुहुन्छ ?

मलाई झोला जस्तो ऐतिहासिक फिल्ममा अभिनय गर्न मन छ ।

3

तपाईंलाई मन पर्ने गायक गायिका को हुन् ?

मलाई लोकदोहोरी गायक रामजी खाँड र टिका पुनको स्वर मनपर्छ ।

तपाईंको जीवनको सबैभन्दा ठूलो खुशीको क्षण कुन हो?

अहिलेसम्म त्यस्तो सम्झन लायक खुशिका क्षणहरु छैनन् । तर त्यस्ता खुशीहरुको प्रतिक्षामा छु ।

तपाईंको मुख्य पेशा मोडलिङ कि व्युटिशियन ?

दैनिक गुजारा चलाउनका लागि आम्दानीको श्रोत व्युटिसियन हो । तर,मनको इच्छा र खुशी चाहिँ मोडलिङ तथा कलाकारिता नै हो । अहिले कलाकारितालाई पनि पेशा बनाएको छु ।

आजसम्म कसैसँग प्रेममा पर्नुभएको छ कि छैन ? छ भने कोसँग सुटुक्क नाम बताइदिनुहुन्छ कि ?

म प्रेममा परेको छु ।तर नाम चाहिँ अहिले गोप्य नै राखुँ होला ।

प्रेममा ब्रेकअप किन हुन्छ होला ?

एक आपसमा माया र विश्वासको कमिले ब्रेकअप हुन्छ । तर आजभोलिका केटाकेटीहरुको प्रमे साँचो हुँदैन । त्यसैले त्यस्तो प्रेम त ब्रेकअप भइहाल्छ न । अहिले प्रेम गर्नु पनि एउटा फेशन जस्तै भइसक्यो । एउटै केटाका ४–५ जना गर्लफ्रेण्ड र एउटै केटीको ५–७ जना ब्वाईफ्रेण्ड हुन्छन् । अनि त्यस्तो प्रेमलाई के प्रेम भन्ने ?

अन्तमा नेपालपाटी डटकम मार्फत दर्शक स्रोता सामु मेरा राख्ने अवसर दिनुभएकोमा यहाको टीमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

2898 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank