गीत संगित सुःख दुःख बिताउने चौतारी होः गायिका सेन्चुरी

शुक्रबार, चैत्र ९, २०७४

loading...


एक दशकदेखि नेपाली गायन क्षेत्रमा रहेकी गीता सेन्चुरीले आठ वटा एल्वम निकालिसकेकी छिन् । ६० भन्दा बढी गीतमा स्वर दिएकी सेन्चुरी लोक दोहोरी क्षेत्रमा चर्चित नाम हो । गीतसंगितको विषयमा गायिका सेन्चुरीसँग नेपालपाटी डटकमले गरेको कुराकानी ।

गीतसंगीत क्षेत्रमा कसरी लाग्नुभयो ?
मेरो कान्छो दाई छितिज सेन्चुरी पनि कलाकार हुनुहुन्छ । उहाँले थुप्रै एल्वम निकालिसक्नुभएको छ । एल्वम निकाल्ने बेलामा म पनि संगै हुन्थेँ । उहाँबाट प्रभावित भएर नै म गायन क्षेत्रमा लागेकी हुँ । १० वर्ष भयो निरन्तर गायन क्षेत्रमा छु ।

तपाईले पहिलो पटक स्वर दिएको गीत कुन हो ?
‘मन त थियो पिरती लगाउने’ मा मैले पहिलो पटक स्वर दिएकी हुँ । त्यो गीतको शब्द र संगित दाई छितिजकै थियो ।

हालसम्म कति वटा एल्वम निकाल्नुभयो ?
मेरो आफ्नै आठ वटा एल्वम छन् । ६० वटा भन्दा बढी गीतमा मैले स्वर दिएकी छु ।

गीत संगीतमा लाग्दा घरपरिवारको साथ कतिको पाउनुभएको छ ?
यस क्षेत्रमा लाग्न र लागेपछि घरपरिवारको साथ भएर नै म आज यो ठाउँमा छु । मेरो दाई र बुबाआमाको सहयोगले अगाडि बढिरहेको छु । घरपरिवारको सल्लाहमा नै म अगाडि बढिरहेकी छु ।

गीतसंगितको क्षेत्रमा अविस्मरणीय क्षण कुनै छ ?
जुनसुकै काम गर्दा पनि सुःख र दुःख हुने गर्छ । ‘मेरी बाटुली’ गीत गर्दाको क्षण अविस्मरणीय छ ।

दर्शक र स्रोताबाट कस्तो प्रतिक्रिया पाइराख्नुभएको छ ?
म गीत संगितकै क्रममा स्वदेश तथा विदेशका विभिन्न ठाउँमा पुगेकी छु । सांगितिक कार्यक्रममा दुबई, जापान गएकी छु । नेपालमा हुने महोत्सवहरूमा पनि जाने गरेकी छु ।

सांगितिक क्षेत्रमा लागेर मात्र बाँच्न सकिन्छ ?
संगीतमा मात्रै लागेर बाँच्न सकिने अवस्था छैन । पहिलेको जस्तो सीडी, भिसिडी विक्री हुँदैन । गीत रेकर्ड गराएर मात्रै चल्न सक्ने अवस्था छैन । सांस्कृतिक कार्यक्रम, महोत्सवहरूबाट कलाकार चल्नुपर्ने स्थिति छ ।

Gita Senchuri 2

तपाईँ दोहोरी साँझमा पनि गाउनुहुन्छ । त्यहाँ काम गर्न कतिको सजिलो/गाह्रो छ ?
काठमाडौंमा काम नगरी बाँच्न गाह्रो छ । दोहोरी साँझमा पनि गाउँछु । दोहोरी साँझ भन्ने वितिक्कै नराम्रो नजरले हेर्छन । सवै जना नराम्रो हुँदैनन् । राम्रो र नराम्रो सवै ठाउँमा हुन्छ । दोहोरी साँझमा पनि त्यही हो । दोहोरी साँझमा काम गर्नु कलाकारको बाध्यता पनि हो ।

कलाकारका लागि राज्यले के गर्नुपर्छ ?
मौलिकता विर्सेर आजभोलि छाडापन पनि भित्रिएको छ । राज्यले संस्कृति जगेर्ना गर्ने कलाकारलाई प्रोत्साहन गर्नुपर्छ । संस्कृति बिगार्नेलाई सचेत पनि गराउनुपर्छ ।

तपाईलाई मनपर्ने नायिका को हो ?
मलाई प्रायः सवै कलाकार मनपर्छ ।

तपाईको विचारमा प्रेम भनेको के हो ?
प्रेम भनेको संसारलाई अड्याउने चीज हो ।

अन्त्यमा ?
मेरो गीत सुनेर र हेरेर साथ दिने सम्पूर्ण स्रोता, दर्शकलाई धन्यवाद भन्न चाहन्छु । मलाई सहयोग गर्ने दाई लगायत सम्पूर्णलाई धन्यवाद । यो मौका दिनुभएकोमा नेपालपाटी परिवारलाई पनि धन्यवाद ।

गायिका गीतको गीत सुन्नुहोस् 

491 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank