चलचित्र ‘घर’को फस्टलुक प्रदर्शनीको मिति तय

शुक्रबार, जेष्ठ ३, २०७६

loading...


काठमाडौं । डीएस डिजिटलको प्रस्तुतिमा तयार भएको चलचित्र ‘घर’को फस्टलुकसँगै प्रदर्शन मिति तय गरिएको छ ।

यो चलचित्र साउनको ३ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा शर्मिला पाण्डेको लगानी छ ।

चलचित्रमा निर्देशक अर्पण थापाको साथमा नायिका बेनिशा हमाल, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रलाई हरर कथामा तयार पारिएको छ । निर्मात्री शर्मिला पाण्डे चलचित्र निकै नै राम्रो बनेको बताउँछिन् । उनले भनिन्–‘चलचित्र हेर्दा दर्शक डराउने पक्का छ । हामीले उत्कृष्ट चलचित्र बनाएका छौ ।’

चलचित्रको फस्टलुकमा पनि एक यूवतीको डरलाग्दो अवतार देखाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata