बरिष्ठ गीतकार थापालाई पाँचौं राष्ट्रिय श्रष्टा सम्मान प्रदान गरिने

शुक्रबार, भदौ २, २०७४

loading...


काठमाडौं । गीतकार संघ नेपालले राष्ट्रिय श्रष्टा सम्मा २०७३ बाट बरिष्ठ गीतकार राजेन्द्र थापालाई सम्मान गर्ने निर्णय गरेको छ । गीतकार संघ नेपालले आज एक पत्रकार सम्मेलन गरि यही भाद्र १३ गते पाँचौ राष्ट्रिय श्रष्टा सम्मान, वर्ष गीत पुरस्कार साथै प्रवासमा श्रष्टा ‘डायस्पोरा सम्मान’ आयोजना गर्ने जानकारी गराएको छ ।

सो अवरसमा गीतकार थापालाई नगत रु १ लाख १ रुपैंया सहित ताम्रपत्रले सम्मान गर्ने संघका अध्यक्ष चुडामणी देवकोटाले जानकारी गराए ।  साथै सोही अवसरमा वर्ष गीत पुरस्कार २०७३ का लागि छनौंट भएको उतकृष्ट १० गीत मध्ये एक गीतलाई पनि पाँचौं श्रष्टा सम्मान तथा पुरस्कार वितरण गर्ने संले सम्मेलनमा जानकारी गरायो ।

यसैबीच यसवर्षबाट संघले विदेशमा रहेर गीत लेखनमा सक्रिय रहेका गीतकारहरुमध्येबाट एक जनालाई प्रवासमा श्रष्टा ‘डायस्पोरा सम्मान’ तथा पुरस्कार प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि ११ हजार रुपैंया रहने संघले जानकारी दिएको छ ।

473 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank