गायक राईको आईतबार सार्वजनिक

सोमवार, जेष्ठ २८, २०७५

loading...


काठमाडौँ ।

गायक राजेश राईको पुन नयाँ म्युजिक भिडियो बजारमा आएको छ। तोडियो , अर्खौले बजार , ए कान्छी जस्ता निकै उत्कृष्ट गीत दिएका गायक राईले यो पटक भने आइतबार नामक गीत लिएर दर्शक स्रोता माझ आएका हुन  निकै फरक शैलीको यस गीतलाई सुरेश अधिकारिले संगीत भरेका छन
लगभग बर्ष अगाडिनै यस गीतलाई स्वयम सुरेश अधिकारिले आफ्नो स्वरमा रेकोर्ड गराएका थिए ।

भोला श्रेष्ठको उत्कृष्ट शब्द रहेको यस गीतमा प्रेमिले आफ्नो प्रेमिकालाई हप्ता हप्ता दिन सम्म कुर्दा खेरी हुने सारिरिक तथा मानसिक अवस्थालाई समेटेका छन् । यस गीतमा विनय केटुको संगीत सयोजन रहेको छ ।
आइतबारकै दिन पारेर रिलिज गरिएको यस गीतको म्युजिक भिडियोमा भिमफेदी गाईजले अभिनय गरेका छन् । सधैं फास्ट विटको गीतमा देखिने भिमफेदी गाईजले यस भिडियो मार्फत दर्शकलाई केही फरक स्वाद दिन खोजेका छन । भिडियोमा निर्मल लामा र जेनिलिया श्रेष्ठको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोलाई खिच्ने अनी निर्देशन गर्ने काम भने नेपालका निकै ब्यस्त म्युजिक भिडियो क्यामेराम्यान ज्ञानेन्द्र शर्माले गरेको हो यस अघि पनि राजेशको अधिकांश भिडियो खिच्ने र निर्देशन गर्ने काम शर्माले नै गरेको देख्न सकिन्छ  पवन सुस्लिङ (द मोन्टेजले सम्पादन गरेका छन्

भिडीयो पनि हेर्नुहोस ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank