‘गाउँमै तहल्का बजारमै तहल्का, तहल्कै तहल्का संसारमै तहल्का’ (भिडियोसहित)
सोमवार, मंसिर २०, २०७३

काठमाडौं, २० मंसिर । लामो समयदेखि शिक्षण पेसामा आबद्द हुदै आएका शिक्षक एम लामाले आफ्नो बिर्कुलै नयाँ एल्बम तहल्का बजारमा ल्याएर आएका छन् । पेशाले शिक्षक भएता पनि नेपाली गीत संगीतप्रति उनको माया मोह लागाबलाई हेर्दा उनले आफ्नो पेशालाई भन्दा बढी माया गीत संगीतलार्इ गर्छन ।
यहि माया मोह अनि लगाबका कारण उनले आफ्नो एल्बम बजारमा ल्याएसंगसंगै आफ्नो एल्बममा समाबेश भएको टाईटल गित ‘गाउँमै तहल्का बजारमै तहल्का तहल्कै तहल्का संसारमै तहल्का’को म्युजिक भिडियो पनि बनाएका छन् । उनको यो गीतमा शितल कादम्बिनीको शब्द रहेको छ भने सुरेश अधिकारीको संगीतसंगै किरण कंडेलको एरेन्ज रहेको छ ।
अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरे सम्पादनसंगै सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडियोमा चर्चित मोडेल पुष्प खड्का अनि नायिका शिल्पा पोख्रेलको अभिनयलाई देख्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments