गणेश र सीता घर्तिको दशैँ कोशेली ‘ ए प्यारी ’ (भिडियो सहित)

सोमवार, अशोज २९, २०७५

loading...


काठमाडौँ । नेपाली लोकदोहोरी विकाशमा समर्पित म्युजिक बैंक नेपालको प्रस्तुतीमा गणेश घर्ती मगर र गायिका सीता घर्ती मगरको आवाजमा सजिएको मौलिक दशैँ गीत ‘ ए प्यारी ’ भिडियो बजारमा आएको हो ।

परदेशी माइती र चेली विचको सम्वादलाई मौलिक रुपमा प्रस्तुत गरिएको छ । परदेशमा गएको आफनो दाजुको यादमा बैनीले ब्यक्त गरेको वियोगान्त भोगाईलाई समेटिएको छ । गणेश घर्ति मगरको शब्द तथा लय सिर्जनामा गीत सजिएको छ । गीतमा एरेन्ज महेश पुनको रहेको छ भने गीतलाई विजय बुढाले रेकर्ड गरेका हुन ।

सुरेश श्रेष्ठको छायाँकन , नविन धर्ति मगरको सम्पादन , भगिरथा गाहा मगरको निर्देशन भिडियोमा रहेको छ । ‘ ए प्यारी ’ गीतको भिडियोमा अञ्जली अधिकारी , चन्द्र शेखर शाहीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

192 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank