‘गेम अफ थ्रोन्स’ आठौँ सिजनका प्रत्येक एपिसोडको समय अवधि सार्वजनिक

पहिलो एपिसोड अप्रिल १४ मा प्रसारण हुने,

सोमवार, चैत्र ४, २०७५

loading...


हलिउडको बहुचर्चित टेलिचलचित्र शृंखला (टिभी सिरिज) ‘गेम अफ थ्रोन्स’ को प्रतीक्षा अब सकिएको छ । एचबीओले ‘गेम अफ थ्रोन्स’ टिभी सिरिजको आठौँ तथा अन्तिम सिजनका प्रत्येक एपिसोडको समय अवधि सार्वजनिक गरेको छ ।

872f0eb1c5521b19ab106e53ef37ed78

६ वटा एपिसोड रहने यस सिजनका एपिसोडहरूको समय अवधि ५४ मिनेट देखि १ घण्टा २२ मिनेटसम्म रहेको छ । आठौं सिजनका हरेक एपिसोडको अवधि एउटा फिचर फिल्म जतिकै हुने बताइए पनि एचबीओले दिएको जानकारीअनुसार पहिलो दुई एपिसोडको अवधि १ घण्टा भन्दा कमको हुनेछ भने बाँकी एपिसोडहरू १ घण्टा २० मिनेटको हारहारीका हुनेछन् ।

आठौँ सिजनको पहिलो एपिसोड ५४ मिनेट, दोश्रो एपिसोड ५८ मिनेट, तेस्रो एपिसोड १ घण्टा २२ मिनेट, चौथो एपिसोड १ घण्टा १८ मिनेट र पाँचौ एवम छैठौँ  एपिसोड १ घण्टा २० मिनेट लामो हुनेछन् ।_3156f4e2-1b31-11e9-b190-a6170a1d34c9

एचबीओले गेम अफ थ्रोन्सको आठौं सिजनका लागि २०१८ डिसेम्बरदेखि नै टिजरहरू सार्वजनिक भएको थियो भने यही वर्षको मार्च ५ मा आधिकारिक ट्रेलर सार्वजनिक भएको थियो ।

f1dd2b8a3cc7528b3519f25621141a93

ट्रेलरमा सिरिजमा अहिलेसम्म जीवित रहेका सबै प्रमुख पात्रहरू जोन स्नो, डेनेरिस टार्गरियन, सर्सी ल्यानिस्टर, टाइरन ल्यानिस्टर, आर्या स्टार्क, सान्सा स्टार्क, जेमी ल्यानिस्टर लगायत देखिएका थिए ।

bc3bd0457fbaa66795c31eecc9d6acc1

सातौँ सिजनसम्म विभिन्न सव प्लटहरूमा बाँडिएका पात्रहरूको यस अन्तिम सिजनमा एकैपल्ट टक्कर हुने दर्शकहरूले अपेक्षा गरेका छन् ।

६ वटा एपिसोड रहने यस सिजनको पहिलो एपिसोड अप्रिल १४ मा प्रसारण हुने छ । त्यसैगरी सातौँ सिजन तथा पूरै सिरिजको अन्तिम एपिसोड मे १९ मा प्रसारण हुने छ ।

यस सिजनको कथा पनि अघिल्लो सिजनजस्तै जर्ज आर.आर. मार्टिनको फ्यान्टासी सिरिज ‘अ संग अफ आइस एण्ड फायर’ मा आधारित रहेको छैन । ‘गेम अफ थ्रोन्स’ को पहिलो सिजनदेखि छैठौ सिजनसम्मका कथा ‘अ संग अफ आइस एण्ड फायर’ सिरिजका उपन्यासहरूमा आधारित रहेर निर्माण गरिएको थियो ।GOT

जर्ज आर.आर. मार्टिनले ‘गेम अफ थ्रोन्स’ को सातौ र आठौं सिजनका लागि बनाएका कथाहरू उनका आगामी उपन्यासहरू ‘द विन्ड्स अफ विन्टर’ र ‘अ ड्रिम अफ स्प्रिंग’मा प्रयोग गरिने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata