फ्राइडे रिलिज अन्तरगत शुक्रबार हलमा तीन फिल्म

शुक्रबार, चैत्र १, २०७५

loading...


काठमाडौं । केही समययता प्रदर्शित चलचित्र र त्यसको बजार खुम्चदो छ । घरेलु दर्शक भड्कदैछन् । यद्दपी हप्तामा औसत दुई वटा चलचित्र प्रदर्शनमा आउँछन् ।

फ्राइडे रिलिजको परम्परा धान्दै आज(शुक्रबार)बाट ‘जानी नजानी’, ‘पुरानो बुलेट’ र ‘द म्यान फ्रम काठमाडौं’ प्रदर्शनमा आएका छन् । देशभरबाट एकसाथ प्रदर्शनमा तीनै फिल्म बिषयबस्तु र कलाकार भने फरक फरक रहेका छन् ।

‘जानी नजानी’

प्रेमकथामा आधारित फिल्म ‘जानी नजानी’ मुलुकका ७४ पर्दामा एकसाथ रिलिज भएको निर्माण युनिटले जनाएको छ । बितरक मनोज राठीका अनुसार मोफसलका ५२ ओटा र काठमाडौँका २२ हलमा जानी नजानी रिलिज हुँदैछ ।

बसन्त अधिकारी द्वारा निर्देशित ‘जानी नजानी’ फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित यो फिल्मका निर्माता मोदनाथ खनाल र सागर काजी माली हुन्  ।

jani-najani-mm-1

‘द म्यान फ्रम काठमाडौँ’

यो नेपालमा बनेको पहिलो अङ्ग्रेजी फिल्म हो । ५ करोडमाथि लगानी बताइएको फिल्ममा नकिम उद्दिनले निर्माण गरेका हुन् । पेमा धोन्डुपको निर्देशन रहेको फिल्ममा बलिउड कलाकार गुलशन ग्रोवर, आना शर्मा, शिशिर बाङ्देल, अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको अभिनय देख्न छ ।

फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा बोल्ने निर्माण युनिटले जनाएको छ ।

3803

‘पुरानो बुलेट’ 

भिषण राईको निर्देशन रहेको ‘पुरानो बुलेट’मा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई हुन् । यो फिल्म पनि प्रेमकथामा नै आधारित  छ ।f94aa37ca0dae8ca9b02c241638dd6b6

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata