‘स्त्री’ को कमाई ४० करोड

मङ्लबार, भदौ १९, २०७५

loading...


नयाँ दिल्ली । राजकुमार राव र श्रद्धा कपु्र अभिनित भारतीय चलचित्र स्त्रीले बक्स अफिसमा लगातार ४ दिन कब्जा जमाउन सफल भएको छ । कृष्ण जन्माष्टमीको समयमा चलिरहेको स्त्रीले चौथो दिन ८.५ करोड भारु कमाउँदै चार दिनमा ४० करोड कमाउन सफल भइसकेको छ ।

स्टार कलाकार अक्षयकुमारको गोल्ड र जोन अब्राहमको सत्य मेव जयतेलाई पछाडि छाड्दै स्त्री सफल हिट फिल्म बन्न पुगेको छ । फिल्ममा हरर र कमेडीको कक्टेल देख्न पाइन्छ ।

निर्देशक अमर कौशिकले दर्शकलाई न्याय गर्दै हरर र कमेडीमार्फत भरपुर मनोरञ्जन दिएका छन् । राजकुमार र श्रद्धाले आफ्नो भूमिकामा कुनै कसर नछोडेको फिल्म स्त्री एक हेर्नैपर्ने फिल्म समिक्षक तरुण आदर्शले बताए ।

224 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank