फिल्म ‘शत्रु गते’ को टिजर रिलिज

आइतवार, माघ २८, २०७४

loading...


काठमाडौं । पछिल्लो समय गीत र स्टारकास्ट मार्फत चर्चामा रहेको फिल्म ‘शत्रु गते’ को टिजर रिलिज भएको छ । फिल्म युनिटले टिजरलाई हलमा मात्र रिलिज गरेका छन् । सार्वजनिक गीत ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ले राम्रो चर्चा बटुलिरहेको छ । ‘पिरतीको बर्को’ ट्रेण्डिङमै रहिरहँदा निर्माण पक्षले टिजरलाई हलमा रिलिज गरेको हो ।

प्रदर्शनरत फिल्म ‘कृ’ हेर्ने दर्शकलाई ‘शत्रु गते’ को टिजर उपहार हुने निर्माण पक्षले जनाएका छन् । डेब्यु फिल्म ‘जात्रा’ मार्फतनै दर्शक तथा फिल्मकर्मी माँझ नोटिस हुन् सफल निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भएको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेशरंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय हेर्न पाइन्छ ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् ।
यसमा छायाँकन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ गते रिलिज हुनेछ ।

प्रदीप भट्टराई , निर्देशक ( हामीले टिजरलाई हलमा रिलिज गरेका छौ । यसला हेरेर धेरैले सामाजिक सञ्जाल मार्फत फिडब्याक दिईरहनु भएको छ । पहोलो प्रतिक्रिया हलमा आउने दर्शकबाट लिन चाहन्थ्यौ , त्यसैले हलमा रिलिज गरेका हौ । फिल्ममा हामीले सोसल ड्रामासंगै मनोरंजन पनि पस्केका छौ । सार्वजनिक टिजरमा क्यारेक्टर लुक्स र फिल्मको कथासारलाई केहि हदसम्म प्रस्तुत गरेका छौ ।

किरण केसी , प्रस्तुतकर्ता ( हामी फिल्मको प्राविधिक कर्यम्मा व्यस्त छौ । विदेशमा फिल्म रिलिज हुने डेट लगभग तय भईसकेको छ भने नेपालमा चैत्र ९ गते आउदैछौ । हामीले हलमा रिलिक गरेको टिजरबाट प्राप्त फिडब्याकले उत्साहित भएका छौ । दर्शक र फिल्मकर्मीले हामीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आफ्नो प्रतिक्रिया दिईरहनु भएको छ । कृसंगै शत्रु गते सप्राइज पनि थियो ।

135 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank