चलचित्र ‘पसिना’ बैशाख १४ गतेबाट सिनेमाघरमा

मङ्लबार, फाल्गुन १, २०७४

loading...


काठमाडौं । मंगलवार राजधानीमा एक कार्यक्रमबीच चलचित्र पसिनाको सिनेमाघरमा आउने मिति र एउटा गीत सार्वजनिक गरिएको छ । नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ मजदुर दिवसको छेको पारेर २०७५ साल बैशाख १४ गतेबाट देशभरका सिनेमाघरमा आउने भएको छ ।

‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निर्माता शान्ता ढकालले बताइन् ।

आर.बी.खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषत महिला श्रमिकहरुको पिडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ ।

चलचित्र ‘पसिना’ मा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरी, ध्रुब कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजउपाध्य, सिर्जना अधिकारी, शिव शंकर रिजाल, सुरजनी के.सी., शारदा गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank