पाँच परिवर्तनसहित बहुचर्चित फिल्म ‘पद्मावत’को रिलीज मिति तय

मङ्लबार, पुस २५, २०७४

loading...


संजय लीला भान्सालीको बहुचर्चित फिल्म पद्मावतको रिलीज मिति बल्ल तय भएको छ । विबादका कारण फिल्मको रिलिज मिति पटक पटक सर्दै आएको थियो । अव भने जनवरी २५ मा फिल्म रिलिज हुने पक्का भएको छ । मुम्बई मिररको रिपोर्ट अनुसार, सीबीएफसीले फिल्ममा एक परिवर्तनका लागि दिएको सुझावमा ३०० टेक खाएका थिए ।

इतिहास संग छेड़छाड गरेको आरोप खेपेको फिल्म पद्मावतले अन्ततः सेंसर बोर्डबाट यू ÷ ए सर्टिफिकेट पाएको छ । सीबीएफसीको अनुसन्धान समितिले फिल्ममा ५ ठूला परिवर्तनहरूको सुझाव दिएको थियो ।

शीर्षकमा परिवर्तनको अलावा यी चार परिवर्तनहरू पनि समावेश छन् ।

१. डिस्क्लेमरमा ऐतिहासिक तथ्यहरू जोडिएको कुनै दावी हुने छैन।

२. घूमर गीतमा परिवर्तन
३. डिस्क्लेमरले भन्नु पर्ने हुन्छ की सतीप्रथाको बारेमा भनिएको छैन ।

४. ऐतिहासिक साइटहरूमा देखाइएका गलत सन्दर्भहरू सही हुनुपर्छ।
मुम्बई मिररको रिपोर्ट अनुसार मेवा, दिल्ली र चित्तरसँग सम्बन्धित सम्पूर्ण सन्दर्भहरू फिल्ममा हटाइनेछ। रिपोर्टका अनुसार खिलजी कहाँबाट आएर युद्धको लागि कहाँ गए त्यो दर्शकहरुलाई थाहा हुने छैन ।

संजय लीला भान्साली र उनको टोली पद्मवत को सेंसर बोर्ड द्वारा परिवर्तन गर्न भनिएका कुराहरुमा काम गरिहेका छन् । यो दर्शकहरुका लागि थोरै निराशाजनक हुने छ किनभने, चलचित्रमा खिलजी कहाँबाट आएर कहाँ युद्ध गर्न गए भन्ने कुरा फिल्ममा थाहा हुने छेन ।

२५ जनवरीमा अक्षय को सामाजिक समस्याहरुमा आधारीत फिल्म प्याडम्यान को रिलीजको मिति पहिले नै तय गरिसकेको थियो । अब यस मिति मा संजय लीला भंसली को ‘पदमवत’ को रिलिज बारे चर्चा चलेको छ । पद्मवत को रिलिजका कारण, नीरज पाण्डेको फिल्म ऐयारी पारी फेव्ररीमा रिलिज डेट सार्ने चर्चा छ ।। तर यसको कुनै आधिकारी जानकारी भने आएको छैन ।

324 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank