‘कान्स फिल्म फेस्टिभल’मा प्रियंकाको गोल्डेन लुक

बुधबार, जेष्ठ ८, २०७६

loading...


एजेन्सी । फ्रान्सको कान्स सहरमा हाल  विश्वको प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’जारी छ । जहाँ विश्वभरका सेलिब्रेटीहरु सहभागी छन् ।  फेस्टिभल १४ देखि २५ मेसम्म चल्नेछ ।

यही क्रममा नेपालबाट नायिका प्रियंका कार्की सहभागी भएकी छन् । कान्स फेस्टिभलमा सहभागी हुने उनी पहिलो नेपाली कलाकार हुन् । सोमबार उनले कान्सले आयोजित कान्सको पार्टीमा पनि सामेल भएको बताएकी छन् ।

‘नेपालको प्रतिनिधित्व गरेर कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउनु एकदमै गौरवको कुरा हो। मैले धेरै पहिलेदेखि यो सपना देख्दै आएकी थिएँ,’ उनले लेखेकी छन्, ‘कान्समा हिँडेका सेलेब्रेटीहरू देख्दा मलाई सधैं ‘म पनि एक दिन यहाँसम्म पुग्नेछु’ भन्ने लाग्थ्यो। यो दिन आइपुग्यो।’ उनले आफ्नो फेसबुकमार्फत् यसबारे जानकारी दिएकी हुन्।

समारोहमा सहभागी भएको तस्बिर पनि उनले  इन्स्टाग्राम र फेसबुकमा सेयर गरेकी छन् । कार्की  गोल्डेन कलरको गाउनमा सजिएकी छन् ।

प्रियंका नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनर गरी चार कार्यक्रममा सहभागी हुनेछिन्।ग्घ्द्घ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata