फेमिना मिस इन्डियाको ताज सुमन रावलाई

सोमवार, असार २, २०७६

loading...


एजेन्सी । यस वर्षको फेमिना मिस इन्डियाको उपाधि राजस्थानकी सुमन रावले जितेकी छन् । मुम्बईको सरदार वल्लभ भाइ पटेल स्टेडियममा आयोजित ग्रान्ड फिनालेमा रावले अन्य प्रतिष्पर्धीलाई पछाडी पर्दै मिस इन्डियाको उपाधि जित्न सफल भएकी हुन् । रावलाई २०१८ की मिस इन्डिया अनुकृति दासले ताज पहिराएकी थिइन् ।

सम्बन्धित छवि

मिस इन्डियाको फिनालेमा बलिउड सेलेब्रिटी हुमा कुरेशी, चित्राङ्गदा सिंह, दिया मिर्जा, रेमो डिसुजा,विक्की कौशल, आयुष शर्मासहित २०१८ की मिस वर्ल्ड भेनेसा पोन्से समेत सहभागी थिए ।

suman rao miss indiaको लागि तस्बिर परिणाम

मिस इन्डिया विजेता राव चार्टर्ड एकाउन्टेन्टको तयारी गरिरहेकी छन् । यस वर्ष टाइटल जित्न सफल रावले गत वर्ष पनि यसै प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन्, जसमा उनी फस्ट रनरअप भएकी थिइन् । ३० सुन्दरीको सहभागिता रहेको मिस इन्डिया प्रतियोगितालाई करण जोहर, मनिष पाल र पूर्वमिसवर्ल्ड तथा मिस इन्डिया मानुषी छिल्लरले सञ्चालन गरेका थिए ।

suman rao

मिस इन्डियाको ताज जितेपछि रावले डिसेम्बर ७ मा थाइल्यान्डमा आयोजना हुने मिस वर्ल्डका लागि भारतको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने भएकी छन् । सो प्रतियोगितामा नेपालबाट मिस नेपाल अनुष्का श्रेष्ठले भाग लिदैछन् ।

प्रतियोगितामा फस्ट रनरअप उत्तर प्रदेशकी शिनता चौहान बनिन् भने सेकेन्ड रनरअप तेलंगनाकी सन्जना विज बनेकी थिइन् ।

द्फ्द्फस्स्द्फ़

प्रतियोगितामा हुमा कुरेशी, चित्राङ्गदा सिंह, रेमो डिसुजा, आयुष शर्मा, द्युती चन्द र सुनिल छेत्रीले निर्णायकको भूमिका निभाएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata