प्रेम पछि रियल इन्गेजमेन्ट गरे आयुष्मान र प्रियंकाले, अब बिहेको साईत कहिले ?

आइतवार, असार ३१, २०७५

loading...


काठमाडौं । नेपालि सिने क्षेत्रका एक युगल र रियल जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले अन्तत रियालामै इन्गेजमेन्ट गरेका छन् । लामो समय सम्म प्रेम सम्बन्धमा रहेका यी जोडी काम बाहेक प्रेमका कारण पनि निकै चर्चामा छन् । त्यति मात्र हैन बेला बेला ट्रोल समेत बन्ने गरेका छन् ।

असार ३० गते शनिबारका दिन दुवै पक्षको परिवार र आफन्त सहित टिकोटालो भएको हो । अलि सुटुक्कै गरिएको यो इन्गेजमेन्टमा फिल्मकर्मीहरुलाई भने निम्तो थिएन तर दुबैले आफ्ना नजिकका सिने क्षेत्रका हस्तीहरुलाई भने इन्गेजमेन्टको बारे सुनाएका थिए ।

प्रेम पछि इन्गेजमेन्ट गरेका प्रियंका र आयुष्मानको विवाहको साईत चाहि कहिले हो त ? यो कुरा भने सार्बजनिक भएको छैन । इन्गेजमेन्ट तस्बिरहरु पुर्व मिस नेपाल जेनिशा मोक्तानले इन्स्टाग्राम बाट सार्वजनिक गरेकी थिइन् ।

120 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank