नकारात्मक सन्देश फैलाएको आरोपमा गायक दुर्गेश थापा पक्राउ

मङ्लबार, कार्तिक ५, २०७६

loading...


काठमाडौं । नेपाली सांगितीक दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल युवा गायक दुर्गेश थापा पक्राउ परेका छन । कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा, हामी पनि नाच्न पर्छ बीचबीचमा लगायतका गीत  मार्फत सांगतिक चर्चामा अाएका गायक थापालाई महानगरिय प्रहरी परिसरले मंगलबार पक्राउ गरेको छ ।

ह्याप्पी तिहार, चिसो बीयर’ गीतले नकारात्मक फैलाएको उजूरीको आधारमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।  गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंशले कानूनबाट प्रतिबन्ध गरेको विषयलाई खिल्ली गरेको भन्दै उनी विरुद्ध उजुरी परेको थियो । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata