करिश्मा र शंकरको प्रेमलाई अझ नजिक बनाउँदै दुर्बिन (भिडियो)

शुक्रबार, असार ३०, २०७४

loading...


गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको तीज कोशेली ‘दुर्विन लगाई’ बोलको गीतको भिडियो रिलिज भए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व तीज नजिकिएसँगै एकपछि अर्को गीत बजारमा सार्वजनिक भइरहेका बेला गायिका पार्वती स्त्रीले यो गीत मार्फत राम्रो चर्चा पाइरहेको बताइन् । निकै कम गीत गर्ने तर मार्मिक र विशेष अर्थ बोकेका प्रोजेक्टमा मात्रै काम गर्ने बताउने सुन्दरी गायिका पार्वतीको गीतको भिडियोमा मोडल करिश्मा ढकाल र निर्देशक शंकर बीसीले मोडलिङ गरेका छन् । गीतमा दुइले प्रस्तुत गरेको प्रेमको भावलाई व्यक्त गरिएको छ । भिडियोको निर्देशन पनि शंकर बीसीले नै गरेका हुन् । गीतमा कृष्ण बाबुको शब्द, गायक अधिकारीको नै संगीत छ । नविन घर्तीमगरले सम्पादन गरेको भिडियोको कोरियोग्राफी शंकरले नै गरेका हुन् । राजेश घिमिरले भिडियोको छायांकन गरेका हुन् ।

1757 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank