“दुई बुढीको पोई ” तिजको गीतको भिडियो सार्वजनिक
बुधबार, भदौ २०, २०७५
loading...

काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज विशेष गीत “दुई बुढीको पोई ” सार्वजनिक भएको छ । गल्कोट म्युजिक प्रालिकोको प्रस्तुतिमा रामु विरहीको तिजको कोशेली “दुई बुढीको पोई ” तीज गीतको भिडियो सार्वजनिक भएको हाे ।
गीतमा गायक रामु विरही र गायिका धर्तिमा थापाको आवाज रहेको छ । ठटयौलि पारामा रामु विरहीले गीतमा शब्द तथा संगीत भरेका छन । दुई विवाह गर्दाको यथार्थततालाई गीतमा समेटिएको छ ।
मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन , रेशम सापकोटाको निर्देशनमा रहेको भिडियोमा , मनिसा राई , रामु विरही , अनु पोखरेल, तेजेन्द्र गौत्तमको अभिनय रहेको छ ।
हेर्नुहाेस भिडियाे :
446 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments