बजेट अर्धनिन्द्रामा लेखेको कर्मकाण्डी जस्तो : डा.भट्टराई

आइतवार, बैशाख २९, २०७६

loading...


काठमाडौं । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले अर्थमन्त्रीद्वारा संघीय संसदमा पेश गरेको बजेट अर्धनिन्द्रामा लेखेको कर्मकाण्डी भएको बताएका छन् ।

आइतबार आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथि प्रतिनिधिसभाको छलफलमा भाग लिदैं पूर्व प्रधानमन्त्री भट्टराईले आगामी बजेटका “सिद्धान्त र प्राथमिकता” हेर्दा अर्धनिद्रामा रहेको मान्छेले हाइ काड्दै लेखेको नीरस निबन्ध जस्तो लागेको उल्लेख गरे ।

उनले भने आगामी बजेट हेर्ने हो भने न सिद्धान्तको प्रष्टता छ न त प्राथमिकताको किटान । विरालोलाई बाँधेर श्राद्ध गरे जस्तो भएको उल्लेख गरे । व्यापार घाटा बढेको अवस्थामा निर्यातमा सुधार आएको विषय सत्यता नभएको दाबी उनले गरे ।

उनले हनुमानले विन्ध्याचल पर्वत त ल्याए तर संजीवनी चिनेनन् भने जस्तै गरि बजेट पेश भएको आरोप लगाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata