अछामी बड्डाले “डोटीकी छोर्याटी अछाम लैजादौ भयाँ” भनेपछि (भिडियो सहित)

सोमवार, भदौ १९, २०७४

loading...


काठमाडौं । यो अछामी बड्डो भाग- २ “डोटीकी छोर्याटी अछाम लैजादो भयाँ” देउडा गित सार्वजनिक भएको छ । गीतकार राजेन्द्र शाह विपिको शव्द र संगितमा तयार भएको उक्त गित युटुब मार्फत गएको विहिबार साँझ सार्वजनिक भएको हो ।
सार्वजनिक भएको यस गीत बजारमा ल्याउनलाई धेरै कठिनाई भएको गीतकार राजेन्द्र शाह विपिले बताए । उनले सुदुरपश्चिमको कला संस्कृतिलाई जोगाई राख्न विभिन्न समयमा समय सान्दर्भिक गीतहरु सिर्जना गर्ने गरेको बताए ।

गीतकार शाहकै लय/शव्दमा विनोद बाजुराली र टिका पुनको स्वरमा दशै अघाडि देउडा गीत बजारमा आउने छ त्यस्तै गएको नै हप्ता मात्र चर्चित गायक रामचन्द्र काफ्लेको स्वरमा नयाँ टिपिकल गीत रेकर्ड भईसकेको पनि बताए । गितकार शाहले पछिल्लो समयमा देउडा गीत लोप हुन लागेको भन्दै आफुले सकेसम्म सुदुरपश्चिमको लोक संस्कृति जोगाउनका लागि निरन्तर लागिरहेको बताए ।

बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा जन्मेका गीतकार शाहले २०५६ सालबाट लय/शव्द सिर्जना गदै आएका छन् । शाहले डेढ दशकको अवधिमा ७ सय बढी गीत रचना गरिसकेका छन् ।

यस भन्दा अघिको यो अछामि बड्डो बोलको गीतले सुदूर तथा मध्येपश्चिममा राम्रै चर्चा कमाउन सफल भएको थियो । यसै गीतका गीतकार गायक/गायिकाहरुको स्वरमा यो अछामी बड्डो – २ डोटीकी छोर्याटी अछाम लैजादौ भयाँ बोलको गित तयार भएको हो ।

मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा चर्चित गायिका टिका पुन र लालबहादुर धामीको स्वर रहको छ । गीतको लय र संगीत संयोजन भने चर्चित एरेन्जर विनोद बाजुरालीले गरेका हुन् ,त्यस्तै गीतलाई मिक्सिगं भने चर्चित ध्वनि सम्पादक खड्क बाजुरालीले गरेका छन ।

खप्तड डिजिटल म्यूजिक सेन्टरको प्रस्तुतीमा बजारमा आएको यस गीतलाई सुदुरपश्चिमका चर्चित निर्देशक भिम थापाले निर्देशन गरेका छन् ।

काठमाण्डौमा विभिन्न स्थानमा छायाकंन गरिएको यस गीतमा गायक लालबहादुर धामी र रमिला कार्कीको अभिनय रहेको छ । गीतको छायाकंन सतिष सिन्हाले गरेका हुन भने भिडिको सम्पादन प्रविन रेश्मीमगरले गरेका छन् । गीतको दृष्य निर्माण भने शिवदर्शन फिलिम्सले गरेको छ । भिडियो हेर्नुहोस् ।

539 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank