गायिका सविना शेर्पाको ‘दोश्रो पोई’ सार्वजनिक

शुक्रबार, जेष्ठ २६, २०७४

loading...


गाईका सविना शेर्पाले आफ्नो दोश्रो पोई अर्थात श्रीमान सार्वजनिक गरेकी छन् । तर यो घटना उनको वास्तविक जीवनमा नभई म्युजिक मार्फत भएकोे हो । कृष्ण कंडेल र सविना शेर्पाको गिति एल्वम दोश्रो पोई हालसालै बजारमा आएको छ ।

नेपाली समाजको यथार्थ कथालाई यो गीत मार्फत उतार्न खोजिएको छ । विहे गरेर कमाउन विदेश गएकाहरुको परिवारमा देखिने समस्यालाई यो गीतको मुख्य कथा बस्तु बनाइएको छ । गीतमा विदेश गएको श्रीमानले विदेशमा केटी खोजेर विहे गर्ने र नेपालमा भएकी श्रीमतीले पनि अर्को केटा खाजेर विहे गर्ने गरेको दृश्य देखाइएको छ ।

गजवको संयोग त के भने सविनाका श्रीमान पनि विदेशमै छन् ।भर्खरै बजारमा आएको यो गीतमा सविना शेर्पा र कृष्ण कंडेल (मित्र)को आवाज रहेको छ भने लय शब्द प्रकाश पराजुलिको रहेको छ । यो गीतको भिडियोमा धुर्ब हिमाली, कमल लामा, प्रतिक्षा खतिवडा र अनिल विष्टले अभिनय गरेका छन् ।

722 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank