कुकुरले झुक्यायो बाटोमा हिड्नेहरूलाई

सोमवार, भदौ १६, २०७६

loading...


एजेन्सी । थाइल्याण्ड स्थित् बैङकङमा सडकमा एक कुकरले शानदार एक्टिंग गरेर सबैको हृदय जितेको छ । उक्त कुकरले सडक पार गर्नका लागि खुट्टा भाचिएको नाटक गरेको छ । ट्वीटरमा उक्त भिडियो भाइरल भएको छ ।

कोहि खानका लागि कुकुरले यस्तो नाटक गरेको हुन् सकने अनुमान लगाइरहेका छन् भने कोहि मानिसको ध्यान खिच्न वा मानिसलाई दु:ख दिन यस किसिमको नाटक गरेको हुनसक्ने अनुमानहरू गरिएको छ ।

थान्वीपोर्न चाङ्गप्लापोलकुल नामक  महिलाले उक्त भिडियो रेकर्ड गरेकी हुन् । उनको अनुसार त्यस सडक हुँदै हिडीरहेकाहरू उक्त कुकुरलाई देखेर हैरान भएका थिए । “यहाँसम्म की म पनि आश्चर्यचकित भएँ’, उनले बताएकी छिन् ।  सोसियल मिडियामा भाइरल भइरहेको उक्त कुकुरको नाम ‘गाय’ बताइएको छ ।

भिडियोमा देख्न सकिन्छ कि कुकुर कसरि आफ्नो खुट्टा मोडेर सडकमा घिसार्दै हिडीरहेको छ । ऊ यसरि चलिरहेको छ मानौं उसको खुट्टा साच्चै टुटेको छ ।

हेर्नुहोस् भिडियो,

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata