नायिका मरिश्का बनिन् निर्देशक

सोमवार, जेष्ठ १४, २०७५

loading...


पछिल्लो समय अभिनेत्रीहरु फिल्म निर्माण तथा निर्देशनमा आउँन थालेका छन् । यसै शिलशिलामा के म तिम्रो होइन र डेब्यु अभिनेत्री मरिश्का पोखरेल निर्देशनमा डेब्यु गरेकी छिन । उनले ‘तिमीलाई दुख्न सक्छ’ मार्फत निर्देशनमा पनि आफुलाई अगाडी ल्याएकी छिन ।

गत शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै विमोचन गरिएको एल्बम ‘एकतर्फी माया’ मा समावेश यस गीतमा मरिश्का स्वयमको अभिनय रहेको छ ।

मरिश्कासँगै भिडियोमा पुष्प खड्का देखिएका छन् । गीतमा होम नाथ न्यौपानेको शब्द , दीपक भट्टराईको संगीत र मुरारी गुरागाईंको स्वर रहेको छ । गीतको भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् भने यसमा निशान घिमिरेको सम्पादन रहेको छ ।

गीतमा एकतर्फी माया गर्नेको भावलाई देखाउन खोजिएको मरिश्काले बताइन । ‘गीत मन परेर नै म निर्देशनमा आएकी हु , अझै मलाइ विश्वास गर्ने एकतर्फी मायाका सर्जकलाई धन्यवाद’ मरिश्काले आफ्नो टीमको कारण गीतलाई भिडियोमा ढाल्न सकेको बताईन ।

 मरिश्का पोखरेल निर्देशनमा  बनेकाे भिडियाे यस्ताे छ :

115 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank