दिलरानीमा जम्यो उदित र सेलिनाको जोडी (भिडियो सहित)

बुधबार, चैत्र २१, २०७४

loading...


गायक उदितनारायण झा र गायिका सेलिना कुँवरको जोडी निकै जमेको छ । फिल्म नेप्टेको ‘ दिलरानी’ गीतले अहिले चर्चा कमाइरहेको छ ।
यहि चैत्र ३० गते रिलिज हुने नेप्टेको दिलरानी गीतमा झा र कुँवरको स्वर रहेको छ । जसमा संगित सन्तोष राजले भरेका छन भने गीतकार यमनाथ मैनाली हुन् । भिडियोमा दयाहाङ राई, बुद्धि तामाङ, रोहित रुम्बा, छुल्टिङ गुरुङ, पूर्णिमा लामा लगायतको अभिनय छ ।

छोटो समयमा आधुनिक भोजपुरी र फिल्मी गीतमा आवाज भर्न सफल सेलिना भन्छिन् ‘म यो क्षेत्रमा दाम भन्दा पनि नाम कमाउन लागेको हुँ । दिलरानी विना बुस्ट ५ लाख भन्दा बढीले हेर्नुभएको छ । हेर्ने क्रम अझै बढ्दै गएको छ ।’ यो एउटा क्लब गीत हो । गीत रेकर्डिङको लागि सेलिना मुम्बई पुगेकी थिइन् ।

गीत संगीतकै सिलसिलामा स्वदेश देखि विदेश पुगेको र स्रोता दर्शकहरुले राम्रो प्रतिक्रिया दिने गरेको उनी बताउँछिन् ।

भिडियो हेर्नुहोस्

291 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank