दिपक थापाको ‘दिलकी रानी’ सार्वजनिक(भिडियोसहित)

शुक्रबार, असार २, २०७४

loading...


वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा दुख गरेर नेपाल फर्किका दिपक थापा मगर यतिवेला साङगीतिक क्षेत्रमा निकै चर्चा बटुल्दै आएका छन । विदेशी भूमीमा दुःख गर्नु भन्दा स्वदेशमा नै केही गर्न सकिन्छ भनेर उनी स्वदेश फर्किएका थिए ।

स्वदेशमा उनी यतिबेला आफनो काम गर्दै गीत सगीतमा निरन्तर संघर्ष गरिरहेका छन । दिपकले स्वर दिएका गीतहरु निकै सन्देश मुलक अनि मर्म स्पर्शी रहेका छन । प्राय जसो समय सापेक्ष गीत गाउदै आएका गायक दिपक थापा मगरको भर्खरै ‘दिलकी रानी’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा दिपक थापामगर र मुना थापामगरको स्वर रहेको छ । युटयुवमा सार्वजनिक भएको उक्त गीतमा एमटी लोप्चनको लय शब्द रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका छन । त्यसैगरी म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा आएकी मोडल रिना थापा मगरको आकर्षक अभिनय देख्न सकिने छ । उनलाई सञ्जिव ठकुरीले साथ दिएका छन ।

368 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank